• २०८१ बैशाख ७ शुक्रबार

पोर्चुगललाई पराजित गर्दै युक्रेन युरोकपमा छनौट 

kharibot

काठमाडौं । युरोकप २०२० को छनौट खेलमा युक्रेनले पोर्चुगललाई पराजित गरेको छ ।

समुह बि अन्तर्गतको गएराती सम्पन्न खेलमा युक्रेनले पोर्चुगललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

युक्रेनको जितमा रोमन यारेमचुक र एन्ड्री यार्मोलेन्कोले एक एक गोल गरेका थिए भने पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल पेनाल्टीमार्फत गरेका थिए । 

रोनाल्डोले यस खेलमा आफ्नो क्यारियरको ७ सयौ गोल गरेका छन् । यद्यपी रोनाल्डोले पोर्चुगललाई हारबाट भने बचाउन सकेनन ।

युक्रेनले खेलको ७२औ मिनेटमा तारास स्टेपानेन्कोले रातो कार्ड पाउदा १० खेलाडीमा सिमित भएको थियो ।

जितसँगै युक्रेन ७ खेलमा १९ अंक बटुलेर समुहमा शिर्ष स्थानमा रहेको छ भने समुह बि बाट युरो कपमा छनौट भएको छ । पोर्चुगलको भने ६ खेलमा ११ अंक छ भने छनौटका लागि अझै पर्खिनुपर्ने भएको छ ।

समुह बि मा सर्बियाको ६ खेलमा १० अंक रहेको छ ।
     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै