• २०८१ बैशाख १३ बिहीबार

अमेरिकामा नेपाली आमा-छोरीको सडक दुर्घटनामा मृत्यु

kharibot

काठमाडौं । अमेरिकामा नेपाली मुलका दुई नागरिकको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

गत शनिबार अमेरिकाको ओहायोको चौबाटोमा तीन गाडी एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

राति १० बजे मोर्स सडक र सनबर्न सडक जोड्ने चौबाटोमा तीन गाडी एकआपसमा ठोक्किँदा अन्य ४ जना घा इते भएका छन् ।

दुर्घटनामा परी नेपाली मूलकी २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको मृत्यु भएको र अर्की २२ वर्षीया सृजना विश्वकर्माको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले आफ्नो फेसबुक पेजमार्फत् विज्ञप्ति जारी गरेको छ ।

घानाका कोबी स्टिलवेलले चलाएको ‌अडी ए ६ कार इस्टबाउन्ड रोडबाट आउँदै गरेको थियो । त्यस गाडीमा जाशन स्कट र खलिब वाटसन सवार रहेका थिए ।

कोबी स्टिलवेल र खलिब वाटसन सामान्य घा इते भइ ग्रान्ट मेडिकल सेन्टरमा उपचार गरिएको थियो । जाशन स्कट भने गम्भीर घाइते भइ माउन्ट कार्मेल इस्ट अस्पतालमा भर्ना गरिएको छ । स्टिलवेको गाडी टोयोटा क्यामरीमा ठोक्किएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै