• २०८१ बैशाख ११ मंगलबार

सोनिकासँगको भिडियोपछि पूर्वयुवराज पारस फेरी विवादमा

kharibot

काठमाडौं । पूर्वयुवराज पारस अहिले फेरी निजी कारणले चर्चामा रहेका छन् । 

पत्नी हिमानीसँग राम्रो सम्बन्ध नरहेका पारस र युट्युबर सोनीका रोकायाको सम्बन्ध अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।

हालै टिकटकमा पारसले मोटरसाइकलमा सोनीकालाई लिएर हुइकिएको भिडियो पोष्ट भएपछि दुवैको सम्बन्धको चर्चा भएको हो ।         

यस अघि पनि पारसको विमानस्थलमा प्रहरीलाई दुर्व्यबहार गरेको समाचार बाहिरिए पछि सोनीकाले फेसबुकमा पारससँगको तस्बिरसहित उनको समर्थनमा पोष्ट गरेकी थिइन् ।

तर, अहिले पोखराको लोकेसनमा पारससँगको मोटरसाइकल चढेको टिक टक भिडियो भाइरल बनेपछि दुवैको सम्बन्धको चर्चा भइरहेको छ । भिडियोमा पारसलाई देखेर केहि व्यक्ति राजसंस्थाको कुरा गरेको तर पारसले हामि सबै नेपाली हो वादी भनेर छुट्टयाउने काम नगर्नुस भन्दै सम्झाएको दृश्य रहेको छ । कुराकानीका बिचमै सोनिका पारस चढेको मोटरसाइकलमा आएर बस्छिन र दुवै त्याँहाबाट गएको देखिएको छ ।

यस अघि पारस सोनिकाले खोलेको दरबारमार्गस्थित एक लाउन्जमा पुगेको तस्बीरसमेत सोनिकाले सामाजिक संजालमा राखेकी थिइन् ।

युट्युबर सोनिकाले केहि समय अघि भारतका चर्चित कमेडियन कपिल शर्माको अन्तर्वार्तासमेत लिएकी थिइन् ।  

अहिले पारससँगको उनको सम्बन्धको चर्चा चलिरहे पनि वास्तविक रुपमा उनीहरुको सम्बन्ध कस्तो हो भन्ने बारे भने यकिनका साथ भन्न भने सकिदैन । 

पारस यस अघि थाइल्यान्डमा हुँदा लागूऔषध काण्डमा मुछिएका थिए भने त्यहाँ उनको कन्निकासँगको सम्बन्ध रहेको थियो । अहिले नेपालमै रहेका पारस पटक पटक विवादस्पद क्रियाकलापले उनलाई विवादमा ल्याउने गरेको छ ।

पछिल्लो सोनिका प्रकरणमा पनि पारस फेरी विवादमा आएका छन् ।

 टिकटक भिडियो :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै