• २०८१ बैशाख ७ शुक्रबार

पारस खड्काले दिए कप्तानबाट राजीनामा

kharibot

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली टोलीको कप्तानबाट राजीनामा दिएका छन् ।

पारसले सामाजिक सञ्जालमार्फत मंगलबार कप्तानबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

पारसले भनेका छन् - नेपाली क्रिकेटमाथि लागेको निलम्बर फुकुवा भएको थाहा पाउँदा निकै खुशी र नयाँ समितिले नेपाली क्रिकेट, खेलाडी तथा सरोकारवालाहरुको राम्रा लागि गरोस भन्ने कामना गर्दछु । मैले अहिलेदेखि नै लागू हुने गरी नेपाली क्रिकेट टोलीको कप्तानबाट राजिनामा दिने निर्णय गरेको छु । नयाँ शुरुवात नयाँ तरिकाबाट होस् र टोलीलाई अघि बढाउने गरी सबैको सहभागिता रहोस भन्ने चाहान्छु । यो अविश्वनीय यात्राको क्रममा मलाई सहयोग गर्ने सबै खेलाडी, कोच, अम्पायर, ग्राउन्ड म्यान तथा मेरा परिवार सबैलाई धन्यवाद दिन चाहन्छु । जय नेपाल ।’

पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । सन् २००४ मा सिनियर राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गरेका पारसले सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानीको भूमिका निर्वाह गरेका थिए । 

सन् २००९ मा विनोद दासपछि पारसले कप्तानीको जिम्मेवारी सम्हालेका थिए । संयुक्त अरब इमिरेट्स (युएई) मा भएको एसिसी टि–ट्वान्टी एलिट कप ट्रफिमा मलेसियाविरुद्ध पहिलो खेलमा उनले कप्तानीको भूमिका निर्वाह गरेका थिए ।

पारसको कप्तानीमा नेपालले डिभिजन पाँच हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । त्यस्तै पारसकै कप्तानीमा नेपालले पहिलोपटक सन् २०१४ मा टि ट्वान्टी विश्वकपसमेत खेलेको थियो ।


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै