• २०८१ बैशाख १२ बुधबार

महिला भलिबल टोलीको बिदाइ

kharibot

प्रतिनिधि तस्बीर ।

काठमाडौँ । नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीका लागि राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड जाने भएको छ ।

अरुणा शाहीको कप्तानीमा रहेको २२ सदस्य नेपाली टोली वैदेशिक प्रशिक्षणका लागि भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल भलिबल सङ्घले जनाएको छ ।

सङ्घद्वारा आज यहाँ आयोजित बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, आयोजक सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जीतेन्द्रबहादुर चन्द लगायतले बिदाइ गरे । कार्यक्रममा राखेप सदस्य सचिव सिलवालले राखेपले भलिबल खेललाई महत्व दिँदै आएको भन्दै घरेलु मैदानमा नै आयोजना हुने १३औँ सागमा नेपालले पदक ल्याउने गरी तयारी गर्न भलिबल टोलीलाई आग्रह गरे । 

उनले  सागपछि नेपालमै भलिबल खेलको अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने तयारी राखेपले गरेको जानकारी दिए । त्यस्तै, भलिबल सङ्घका महासचिव चन्दले सागमा पदक भित्र्याउनका लागि पनि खेलाडीलाई अन्तर्राष्ट्रिय प्रशिक्षण आवश्यक हुने बताए । साग आगामी मङ्सिर १५ देखि २४ गतेसम्म हुनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै