• २०८१ बैशाख ७ शुक्रबार

नेप्सेमा सामान्य करेक्सन : पाँच अंकले बढ्दा २२ करोडको कारोवार 

kharibot

काठमाडौ । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्सेमा  सामान्य करेक्सन देखिएको छ ।

नेप्से पाँच दसमलव आठ अंकले बढेर ११ सय ४२ दसमलव चार बिन्दुमा चढ्दा सेन्सिटिभ पनि एक दसमलव पाँच अंकले बढेर दुई सय ५० दसमलव २२ बिन्दुमा चढेको छ ।

एक सय ५१ कम्पनीहरुको दुई हजार आठ सय १० वटा कारोवारमा सात लाख ६५ हजार आठ सय ९७ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम २२ करोड २४ लाख ५२ हजार ७९ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा ट्रेडिङ, उत्पादमुलक र सामुहिक लगानी कोष समुहको सुचक स्थिर देखिएको छ भने बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव ४२ अंकले बढेर एक हजार ४९ दसमलव एक बिन्दुमा चढेकोमा बिकास बैंक समुहको सुचक आठ दसमलव दुई अंकले बढेर १५ सय ५९ दसमलव ४८ बिन्दुमा चढेको छ ।

जलबिद्युत समुहको सुचक पनि दुई दसमलव ५५ अंकले बढेर नौ सय ३९ दसमलव २९ बिन्दुमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि तीन दसमलव ४५ अंकले बढेर चार हजार दुई सय १७ दसमलव ४१ बिन्दुमा चढेको छ । लघुबित्त, जीवन बीमा, होटल, फाईनान्स र अन्य समुहको सुचक सुचक पनि बढेकाछन ।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको आरएडिसी लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ९३ पैसाले बढेर छ सय २५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सिटी एक्सप्रेस फाईनान्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ८८ पैसाले घटेर एक सय १२ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको सिद्धार्थ बैंकको प्रतिकित्ता तीन सय ३८ रुपैयाँ अन्तिम मुल्यमा चार करोड सात लाख ७४ हजार दुई सय ५६ रुपैयाँको कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै