• २०८१ बैशाख १२ बुधबार

पारसको राजीनामापछि तरंग 

kharibot

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली टोलीको कप्तानबाट राजीनामा दिएपछि अहिले नेपाली क्रिकेटको माहोल एकाएक तरंगित बनेको छ ।

आइसीसीले नेपालमाथि लगाएको निलम्बन फुकुवा गरेको एकदिनपछि पारसले कप्तानी छोडेका हुन् । पछिल्ला केहिबर्ष क्यान निलम्बनमा परेको अवस्थामा नेपाली क्रिकेटलाई चलायमान बनाएर नेपाललाई एकदिवसीय मान्यता दिनेसम्मको सफलता हासिल गरेका कप्तान पारसको राजीनामाले सबै क्रिकेटप्रेमीहरुलाई 'सरप्राइज' नै दिएको छ ।

सामाजिक संजालमा नेपाल क्रिकेटप्रेमीहरुले पारसले राजीनामा दिएको विषयलाई प्राथमिकताका साथ लेख्दै अझै केहिबर्ष राजीनामा नदिएको भए हुन्थ्यो भन्ने प्रतिक्रिया दिएका छन् ।

नेपाली चर्चित लेग स्पिनर सन्दीप लामिछानेले सामाजिक संजालमा आफ्नो प्रतिक्रिया दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै सन्दीपले भनेका छन् - तपाईंको नेतृत्वको अन्तर्गत यात्रा सुरु गर्दै हामी त्यस्ता स्थानहरूमा पुगेका छौं जुन नेपाल क्रिकेट पहिले पहिले कहिल्यै नसकेको थियो । तपाईंले विगतका वर्षहरूमा मलाई र धेरै युवाहरूलाई प्रेरित गर्नुभयो र हामीलाई यो सुन्दर खेललाई प्रेम गर्न सबै कारणहरू दिनुभयो । तपाईको भविष्यका प्रयासका लागि हार्दिक शुभकामना र हामी तपाईलाई सकेसम्म धेरै बर्ष नेपालको प्रतिनिधित्व गरेको देख्न चाहन्छौं ! तपाईं साँच्चिकै एक लिजेन्ड हुनुहुन्छ जसले हाम्रो सबै हृदयमा ठूलो छाप पारेको छ । यहाँ तपाईं क्याप्टेन हुनुहुन्छ! द लिजेन्ड दाज़ु पारस खड्का ।

पारसले राजीनामा दिदै भनेका छन् - नेपाली क्रिकेटमाथि लागेको निलम्बर फुकुवा भएको थाहा पाउँदा निकै खुशी र नयाँ समितिले नेपाली क्रिकेट, खेलाडी तथा सरोकारवालाहरुको राम्रा लागि गरोस भन्ने कामना गर्दछु । मैले अहिलेदेखि नै लागू हुने गरी नेपाली क्रिकेट टोलीको कप्तानबाट राजिनामा दिने निर्णय गरेको छु । नयाँ शुरुवात नयाँ तरिकाबाट होस् र टोलीलाई अघि बढाउने गरी सबैको सहभागिता रहोस भन्ने चाहान्छु । यो अविश्वनीय यात्राको क्रममा मलाई सहयोग गर्ने सबै खेलाडी, कोच, अम्पायर, ग्राउन्ड म्यान तथा मेरा परिवार सबैलाई धन्यवाद दिन चाहन्छु । जय नेपाल ।’

पारसले कप्तानबाट राजीनामा दिएपछि अब नेपाली टिमको कप्तान को बन्छ भन्ने बह्स्पनी शुरु भएको छ । अहिले टिममा ज्ञानेन्द्र मल्ल, शरद भेस्वाकर, दिपेन्द्र सिंह ऐरीजस्ता अनुभवी खेलाडी छन् । लामो समय देखि उपकप्तानको जिम्मेवारी बहन गरिरहेका ज्ञानेन्द्र अब स्वत: कप्तान बन्ने अवस्था आएको छ तर नयाँ निर्वाचित क्यानले अब कसरी अगाडी बढाउछ त्यो हेर्न बाँकी छ ।

पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । सन् २००४ मा सिनियर राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गरेका पारसले सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानीको भूमिका निर्वाह गरेका थिए । 

सन् २००९ मा विनोद दासपछि पारसले कप्तानीको जिम्मेवारी सम्हालेका थिए । संयुक्त अरब इमिरेट्स (युएई) मा भएको एसिसी टि–ट्वान्टी एलिट कप ट्रफिमा मलेसियाविरुद्ध पहिलो खेलमा उनले कप्तानीको भूमिका निर्वाह गरेका थिए ।

पारसको कप्तानीमा नेपालले डिभिजन पाँच हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । त्यस्तै पारसकै कप्तानीमा नेपालले पहिलोपटक सन् २०१४ मा टि ट्वान्टी विश्वकपसमेत खेलेको थियो ।

अहिले नेपाल क्रिकेट संघलाई आइसीसीले सशर्त निलम्बन फुकुवा गरेको छ । चतुरबहादुर चन्दको नेतृत्वमा आएको क्यानको नयाँ नेतृत्वलाई नेपाली क्रिकेटलाई नयाँ बाटोमा लैजाने चुनौतीका बीच कप्तान पारसको राजीनामाले नयाँ चुनौती थपिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै