• २०८१ बैशाख १३ बिहीबार

एक हजारका ३१ करोड थान नयाँ नोट चीनमा छापिने

kharibot

काठमाडौ । राष्ट्र बैंकले एक हजार दरका ३१ करोड थान नयाँ नोट छाप्ने प्रकृया सुरु गरेको छ ।

यसको लागि राष्ट्र बैंकले चाईना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेईजिङसंग सम्झौता गरेको जानकारी दिएको छ ।  

नोट छपाईको लागि राष्ट्र बैकले २०१९ जुन १९ तारिख अर्थात बिसं २०७६ असार १२ गते बोलपत्र आव्हानको सुचना प्रकाशित गरेकोमा चाईनाको बैंक नोट प्रिन्टिङ कम्पनीले न्युनतम मुल्यमा उच्च गुणस्तरको नोट छपाई गर्ने बोलपत्र पेस गरेको थियो ।

राष्ट्र बैंकका अनुसार सोही आधारमा यही असोज १२ गते अर्थात २०१९ सेप्टेम्वर २९ तारिखका दिन अमेरिकी डलर ९१ लाख ९० हजारमा नयाँ नोट छपाईको लागि उक्त कम्पनी संग सम्झौता गरिएको हो ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै