हुण्डी कारोवार गर्ने १३ लाखसहित पक्राउ

खरीबोट

विराटनगर । विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ नं. ढाटबाट एक भारतीय नागरिकबाट अवैध रुपमा ल्याएको दुई लाख भारतीय रुपैयाँसहित प्रहरीले आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार भारत उत्तर प्रदेश बस्ने २४ वर्षीय आसुतोष सोनीको झोला परीक्षणको क्रममा उक्त रकम फेला परेको हो ।

यसैगरी प्रहरीले गोप्य सूचनाको आधारमा विराटनगर महानगरपालिका–४ स्थित कन्चनबारी चोकमा अवैध हुण्डी कारोवार गर्ने सुनसरीको बर्जु गाउँपालिका–३ बस्ने २४ वर्षीय उमाकान्त रायले बोकेको झोला परीक्षण गर्दा रु १० लाखसहित विभिन्न बैंकको चेकबुकसहित सोमबार साँझ पक्राउ गरेको छ ।

दुबै जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय सुनसरीको इटहरीमा बुझाइएको छ ।
 

सम्बन्धित समाचार

गाँजासहित एक युवक पक्राउ

पर्सा । नेपालबाट भारत तर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित आज पर्साको पटेर्वासुगौली गाँउपालिकाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पूर्व सूचनाको आधारमा प्रहरीले गाउँपालिका–२ रङ्गपुर चोकबाट १० किलो गाँजासहित सोही

लागुऔषधसहित एकजना पक्राउ

परासी । ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ हरकट्टास्थित सुनौलीदेखि काठमाडौँ जाँदै गरेको लु२ख २८४५ नं को यात्रुवाहक बसमा सवार चितवन जिल्लाको रामपुर नगरपालिका–१ का

चितवनमा पेस्तोलसहित दुई पक्राउ

चितवन । इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यान रिम

प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ

गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।  घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार खुकुरी प्रहार


z