विश्वकप छनौटमा नेपाल जोर्डनसँग पराजित 

खरीबोट

काठमाडौं। विश्वकप २०२२ को छनोट चरण अन्तर्गत दोस्रो चरणको चौथो खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको छ ।

पहिलो हाफमा जोर्डनलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो । जोर्डनले पहिलो गोल खेलको ५६औं मिनेटमा पेनाल्टीमार्फत गरेको थियो ।

त्यस्तै दोस्रो गोल खेलको ७८औं मिनेटमा अहमद अल-एर्सानले गरेका थिए भने खेल सकिन २ मिनेट बाँकी रहँदा बाहा फैसलले हेडरमार्फत गोल गर्दै जोर्डनको गोल संख्या ३ पुर्याएका थिए ।

विश्वकप छनौटमा नेपालको यो तेस्रो हार हो । नेपालको ४ खेलमा १ जित र ३ हारसहित ३ अंक रहेको छ ।

सम्बन्धित समाचार

नेपाल र कुवेतबीचको खेल भुटानमै हुने, एएफसीले दियो सहमति 

काठमाडौँ । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको  छनोटअन्तर्गत नेपाल र कुबेतबीचको खेल भूटानमा नै हुने भएको छ ।   अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज विज्ञप्ति जारी गर्दै न्युट्रल

पिएनजी र नेदरल्याण्डस टी-२० विश्वकप छनौटको फाइनलमा

काठमाडौँ । पिएनजी र नेदरल्याण्डस टी-२० विश्वकप छनौटको फाइनलमा पुगेका छन् । गएराती सम्पन्न सेमिफाइनलका दुवै खेलमा पिएनजी र नेदरल्याण्डस विजयी हुदै फाइनलमा पुगेका हुन् । पिएनजीले सेमिफाइनलमा नामिबियालाई १८ रनले पराजित

टी-२० विश्वकप छनौटको पाँचौ स्थानको प्लेअफ स्कटल्याण्डले जित्यो  

काठमाडौँ । टी-२० विश्वकप छनौट अन्तर्गत स्कटल्याण्डले पाँचौ स्थान हासिल गरेको छ । गएराती सम्पन्न पाँचौ स्थानको प्लेअफमा स्कटल्याण्डले ओमानलाई ५ विकेटले पराजित गरेको छ । ओमानले दिएको १६८ रनको लक्ष्य

सिंगापुर विश्वकप छनौट हुन असफल, यस्तो छ अहिलेसम्मको अंक तालिका 

काठमाडौँ । टी-२० विश्वकप छनौट अन्तर्गत सिंगापुर विश्वकपमा छनौट हुन् असफल भएको छ ।  गएराती सम्पन्न खेलमा सिंगापुर नामिबियासँग पराजित भएसंगै विश्वकपमा छनौट हुन असफल भएको हो । गएराती भएको खेलमा सिंगापुर


z