• २०८१ बैशाख ८ शनिबार

विश्वकप छनौटमा नेपाल जोर्डनसँग पराजित 

kharibot

काठमाडौं। विश्वकप २०२२ को छनोट चरण अन्तर्गत दोस्रो चरणको चौथो खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको छ ।

पहिलो हाफमा जोर्डनलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो । जोर्डनले पहिलो गोल खेलको ५६औं मिनेटमा पेनाल्टीमार्फत गरेको थियो ।

त्यस्तै दोस्रो गोल खेलको ७८औं मिनेटमा अहमद अल-एर्सानले गरेका थिए भने खेल सकिन २ मिनेट बाँकी रहँदा बाहा फैसलले हेडरमार्फत गोल गर्दै जोर्डनको गोल संख्या ३ पुर्याएका थिए ।

विश्वकप छनौटमा नेपालको यो तेस्रो हार हो । नेपालको ४ खेलमा १ जित र ३ हारसहित ३ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै