• २०८१ बैशाख ११ मंगलबार

स्विडेनसँग बराबरी खेल्दै स्पेन युरोकपमा छनौट

kharibot

काठमाडौँ । स्पेन युरोकपमा छनौट भएको छ ।

गएराती समुह एफ अन्तर्गतको खेलमा स्पेनले स्विडेनसँग १-१ गोलको बराबरी खेल्दै २०२० मा हुने युरोकपका लागि छनौट भएको हो ।

स्पेनका लागि रोड्रीगोले खेलको अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । यस अघि स्विडेनका लागि मार्कस बर्गले खेलको ५०औ मिनेटमा गोल गर्दै स्विडेनलाई शुरुवाती अग्रता दिलाएका थिए ।

यो बराबरीपछि स्पेन समुह एफमा ८ खेलमा २० अंक हासिल गर्दै युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

त्यस्तै स्विडेनको ८ खेलमा १५ अंक रहेको छ भने अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । समुह एफमा रोमानियाको १४ र नर्वेको ११ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै