• २०८१ बैशाख ७ शुक्रबार

युरोकप छनौटमा इटाली अपराजित

kharibot

‌काठमाडौँ । युरोकप छनौट अन्तर्गत इटाली अपराजित रहेको छ ।

समुह जे अन्तर्गत गएराती सम्पन्न खेलमा इटालीले लिएचटेनस्टेनलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

इटालीको जितमा एन्द्रे बेलोट्टीले २ गोल गरे भने फेडेरिको बेर्नार्डेसची, अलेस्सियो रोमाग्नोली र स्टेफेन शरावीले एक एक गोल गरेका थिए ।

युरोकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको इटालीको यो लगातार अठौ जित हो । इटालीले समुह जे मा ८ खेलमा २४ अंक हासिल गरेको छ । त्यस्तै लिएचटेनस्टेनको भने ८ खेलमा केवल २ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै