एनआरएनएको निर्वाचनमा उम्मेदवारी शुल्क दश लाख

खरीबोट

काठमाडौँमा आयोजित एनआरएनएको नवौँ विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिरः प्रदीपराज वन्त

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ ।

सङ्घको आज हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क रु एक लाखदेखि १० लाखसम्म तोकिएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए ।

गत महाधिवेशनमा अध्यक्षको उम्मेदवारको दर्ता शुल्क रु सात लाख ५० हजार रहेको थियो । गत महाधिवेशनभन्दा यसवर्ष रु दुई लाख ५० हजार बढाएर रु १० लाख पुर्याइएको हो ।

अध्यक्षको दर्ता शुल्क रु १० लाख तोकिएको छ भने अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी सदस्य) को रु एक लाख तोकिएको छ । उनले सङ्घको भवन बनाउन र गोरखाको लाप्राक नमूना बस्ती बनाउन पैसा आवश्यक भएकाले उम्मेदवारको शुल्क बढाइएको बताए । 

निर्वाचन प्रमुख आयुक्त रिजालका अनुसार उपाध्यक्षको रु सात लाख, महासचिवको रु छ लाख, सचिव र कोषाध्यक्षको रु पाँच लाख, सहकोषाध्यक्षको रु चार लाख, महिला तथा युवा संयोजकको रु तीन लाख ५० हजार, क्षेत्रीय संयोजकको रु तीन लाख ५० हजार, क्षेत्रीय उपसंयोजकको रु दुई लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजकको रु दुई लाख ५० हजार र आईसीसी सदस्यहरुको रु एक लाख उम्मेदवार दर्ता शुल्क तोकिएको छ । 

सङ्घको नवौँ नेपाली विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशन मंगलबारदेखि काठमाडौँमा शुरु भएको छ । 

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् ।

नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन हुने गर्दछ । कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ ।

निर्वाचनका लागि आज राति ९ बजेदेखि भोलि बिहान १०ः३० बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकिएको छ । उनले निर्वाचनमा करीब २ हजार ४०० मतदाता सहभागी हुनेछन् ।   

सम्बन्धित समाचार

भारतीय नक्साप्रति एनआरएनए क्यानाडाको आपत्ति, सच्याएर प्रकाशन गर्न माग 

काठमाडौँ । भारतले जारी गरेको नयाँ नक्साप्रति गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले विरोध गरेको छ । एनआरएनएको क्यानडा समितिले एक विज्ञप्ति जारी गर्दै एकलौटी ढंगले देशको सीमा परिवर्तन गरी राजनैतिक

स्वदेशमै लगानी गर्न प्रधानमन्त्रीद्धारा गैरआवासीय नेपाली संघलाई आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुलाई सकेसम्म स्वदेशमै आएर आफ्नो सीप र क्षमताको उपयोग गर्न, नभए विदेशबाटै गैरआवासीय नेपालीका रुपमा स्वदेशको विकासका लागि विविध क्षेत्रबाट योगदान गर्न आह्वान

दस अर्ब लगानी भित्र्याउने अभियानमा एनआरएनएको समिति

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले श्रमिक कल्याणकारी कोषका लागि १ करोड ६ लाख सहयोग गर्ने भएको छ । एनआरएनको नवनिर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले वैदेशिक रोजगारीमा पीडितलाई सहयोग गर्ने

विदेश बसेर अनुशासन नसिकेका एनआरएनए 'प्रतिनिधि' 

काठमाडौ । आहिले गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि काठमाडौँ,आ भेला भएका छन् । नवौं महाधिवेशनको सन्दर्भमा विश्वभरबाट काठमाडौँ जम्मा भएका एनआरएनएका प्रतिनिधिहरुको व्यबहार अहिले चर्चामा रहेको छ ।  विमानस्थलमा तोडफोडदेखि


z