• २०८१ बैशाख ७ शुक्रबार

वाल्श र किंग वेस्टइन्डिज टिममा छानिए, सिपिएलमा प्रदर्शनको पुरस्कार  

kharibot

हेडेन वाल्श जुनियर । 

काठमाडौँ । वेस्टइन्डिजले अफगानिस्तानविरुद्ध हुने टी-२० र एक्दिवैस्य सिरिजका लागि टिमको घोषणा गरेको छ । 

अगामी नोभेम्बरमा भारतको नागपुरमा हुने सिरिजका लागि हालै सम्पन्न क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका हेडेन वाल्श जुनियर र ब्रेण्डन किंगले वेस्टइन्डिजको टिममा स्थान पाएका छन् । 

वाल्शले बार्बाडोसलाई उपाधि दिलाउन उत्कृष्ट बलिङ गर्दै २२ विकेट लिएका थिए । ९ खेलमा ८.२८ को इकोनोमीले २२ विकेट लिएका वाल्श यस सिजनको सिपिएलका उत्कृष्ट खेलाडी समेत बनेका थिए । यस अघि अमेरिकाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका वाल्शले वेस्टइण्डिजबाट खेल्न पाउने भएपछि अमेरिका छोडेर वेस्टइन्डिजबाट खेल्ने निर्णय गरेका हुन् । 

त्यस्तै गुयाना अमेजन वारियर्सबाट यस सिजनमा खेलेका ब्रेण्डनकिंगले वेस्टइन्डिजको राष्ट्रिय टिममा स्थान पाएका छन् ।  किंगले गुयानालाई फाइनलसम्म पुर्याउन उत्कृष्ट ब्याटिंग गरेका थिए । उनले १२ खेलमा ४९६ रन बनाएका थिए ।  जसमा उनको स्ट्राइक रेट १५० को रहेको छ । 

त्यस्तै दुवै फर्म्याटको कप्तानको जिम्मेवारी केरन पोलार्डलाई दिइएको छ भने टेस्ट कप्तान जासन होल्डर पनि दुवै फर्म्याटमा टिममा समावेश गरिएको छ । 

सन्यास बारे अझै ठोस निर्णय नगरेका क्रिस गेललाई भने टिममा समावेश गरिएको छैन । उनको सिपिएलको यो सिजन खासै सम्झिन लायक हुन सकेन । 

टी-२० टिम : केरन पोलार्ड (कप्तान), निकोलस पुरन, एविन लुइस शिमरोन हिटमेर, शेरफान रुदरफोर्ड, ब्राण्डन किंग, फाबियन एलेन, जासन होल्डर, हेडेन वाल्श, लेंडी सिमोन्स, खरी पिएरे, शेल्डन कोट्रेल, डेनेस रामदीन, केस्रिक विलियाँस र अल्जारी जोसेप । 

एकदिवसीय टिम : केरन पोलार्ड (कप्तान), शाइ होप, एविन लुइस, शिमरन हेटमेर, सुनिल एम्ब्रिस, निकोलस पुरन, ब्राण्डन किंग, रोस्टन चेज, जासन होल्डर, हेडेन वाल्श, खरी पिएरे, शेल्डन कोट्रेल, कीमो पाउल, अल्जारी जोसेप, रोमारियो शेफार्ड ।                                  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै