• २०८१ बैशाख १२ बुधबार

शितल निवासबाट हेलिकप्टर प्रयोग गरेर राष्ट्रपति भण्डारी विमानस्थलमा 

kharibot

फाइल तस्बीर

काठमाडौं । म्यानमारको राजकीय भ्रमणमा जाने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी हेलिकप्टर प्रयोग गरेर त्रिभुवन विमानस्थल पुगेकी छन् ।

राष्ट्रपति भण्डारी ट्राफिक व्यवस्थापन तथा सुरक्षालाई ध्यान दिँदै हेलिकप्टरबाट बिमानस्थल पुगेकी हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको उडानमा प्रयोग गर्न हालै एक अर्ब ७० करोड खर्च गरेर एडब्लु अगष्टा वेस्टल्याण्ड १३९ मोडलको हेलिकप्टर खरिद गरिएको थियो ।

राष्ट्रपतिले पहिलो पटक हेलिकप्टर प्रयोग गरेर शितल निवासदेखि त्रिभुवन विमानस्थल पुगेकी हुन् ।

हेलिकप्टरको प्रयोगबाट राष्ट्रपतिको सवारीका बेला सडक बन्द गर्नुपर्ने र हजारौले सडकमा फर्खेर बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

राष्ट्रपति भण्डारी कार्तिक ३ गतेसम्म म्यान्मार को राजकीय भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै