काठमाडौँ । अभिजीत बेनर्जी, एस्टर ड्यूफ़्लो र माइकल क्रेमरलाई ग़रीबी मेटाउनको लागि गरेको प्रयासको करण यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको छ । योभन्दा पहिला अमर्त्य सेनलाई पनि गरीबी उन्मूलनको विषयमा काम गरेको हुनाले नोबेल सम्मान दिइएको थियो ।
अमर्त्य सेनको अनुसार, "नोबेल समितिले यो पटक योग्य मानिसलाई पुरस्कार दिएको छ ।" आखिर यी तीन जना विजेताले के त्यस्तो काम गरेका थिए जसको कारण नोबेल पुरस्कार पाए त भन्ने कौतुहलता अहिले सबैमा रहेको छ ।
अभिजीत बनर्जी भन्छन् "मानिसहरु गरीबी विषयमा धेरै कुरा गर्छन, सधै ठुला ठुला भाषण मात्र गरिराख्छन । वास्तबमा गरीबीको मुख्य कारण के हो ? किन विदेशी अनुदानबाट ग़रीबी हटाउन सकिन्छ ? वा सरकारी तथा ग़ैर-सरकारी संगठनको भूमिका के हुनु पर्छ ?
यस्तो खालको ठुलो बहसमा अल्झिरहन्छ । गरीबीको समस्या सुल्झाउन व्यवस्थित सानो सानो टुक्रामा बाडेर समाधान गर्न सकिन्छ ।"
शिक्षा, पोषण र खोप जस्तो काममा ध्यान दिदा गरीबहरुलाई धेरै मद्धत पुग्ने छ । ठुला ठुला बहसभन्दा पनि थोरै सहयोग मिल्यो भने यस्तो कार्यक्रमको सफलता रेट बढ्छ र गरीबी उन्मूलनको क्षेत्रमा सानो-सानो हजारौ लाखौं काम गर्नु जरुरी छ । नोबेल समितिको वेबसाइटमा एउटा ग्राफ़िक प्रकाशित गरेको छ जसमा यी अर्थशास्त्रिहरुले कसरी दाल जस्तो सामान्य वस्तुको प्रयोग गरेर खोपमा प्रोत्साहनको कारण बन्यो र एउटा परियोजना सफल भयो ।
एस्टेयर ड्यूफ़्लोको अनुसार पुरै खोप लागिसकेका बच्चाको संख्या राजस्थानमा निकै कम छ र जब रिसर्च गरियो तब इम्युनाइज़्ड बच्चाको संख्या पाँच प्रतिशतको हाराहारीमा भेटियो त्यसको कारण इम्युनाइज़ेशन गर्ने कर्मचारीहरुको पहुँच नपुग्नु थियो ।
प्राथमिक स्वास्थ्य केंद्र टाढा भएको कारण धेरै टाडासम्म हिडेर जानुपर्ने र कहिले त पुरै दिन लाग्छ । जसको कारण एक दिन बिताएर जानु पर्छ । लाइन लामो हुने त कहिले खोप सकिने र कर्मचारी छुट्टि भएर घर गइसकेको हुनाले कहिलेकहिँ खोप लगाउन पनि नपाई घर फर्किन पर्ने बाध्यताको कारणले मान्छेहरु खोप लगाउन छोडेका थिए ।
यस्तो हालतमा यी अर्थशास्त्रीहरुले एउटा परिक्षण गर्ने सोचे, उनीहरुले एक स्वयंसेवी संस्था सेवा मंदिरको सहयोगमा काम सुरु गरे । अर्थशास्त्री खोपको सफलताको स्तर र संख्या बाढाऊन चाहन्थे र त्यसको अगाडी उनीहरुले एक सय २० गाउँमा स्यामपलिङ् गरेर ती गाउँहरुलाई तीन भागमा बाँडे । पहलो श्रेणीको गाउँमा मानिसहरुलाई स्वास्थ्य केंद्रमा गएर खोप लगाउन भने । दोस्रो श्रेणीको गाउँमा खोप लगाउन घर-घरमा मोबाइल क्लिनिकको व्यवस्था गरियो ।
तेस्रो श्रेणीमा खोप लगाउन मोबाइल क्लिनिकसहित प्रोत्साहन गर्न खोप लगाउन आउनेहरुलाई एक किलो दाल उपहार स्वरूप दिइयो ।
जुन गाउँमा दालको प्रोत्साहन प्रयोग गरिएको थियो त्यहा पुरै इम्युनाइज़्ड बच्चा २९ प्रतिशत पुग्यो र बिना दाल वाला गाउँमा यो दर आधाभन्दा पनि कम थियो ।
यसप्रकार अर्थशास्त्रीहरुले यो कुरा पत्ता लगाए कि ग़रीबी मेटाउनको लागि सानो सानो आर्थिक प्रोत्साहन दिनु पर्छ र यो चमत्कारी साबित हुन्छ । उनीहरुले पक्का तरिका अपनाएर यो साबित गरे खोपको कारण हजारौं बालबालिका स्वास्थ्य सेवा बन्चित हुदैनन् र सरकारको धेरै बचत पनि हुन्छ ।
जरुरत र बाध्यताको विषयलाई बुझेर अर्थशास्त्रीहरुले दाल जस्तो सामान्य लाग्ने बस्तुले गरिबी समाधान गर्न ठुलो काम गर्छ भन्ने प्रमाणित गरे । यहि अनुसन्धान र कामका लागि उनीहरुले नोबेल पुरस्कारसम्मको सम्मान पाउन सफल भए ।
बिबिसीको सहयोगमा