• २०८१ बैशाख ७ शुक्रबार

सचिन र लारा फेरी क्रिकेट खेल्दै, रिटायर्ड क्रिकेटरको टी-२० लिग हुने

kharibot

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटलाई अलबिदा गरेका विश्वका चर्चित खेलाडीहरु फेरी एक पटक मैदानमा देखिने भएका छन् ।

सचिन तेन्दुलकर, ब्रायन लारा, विरेन्द्र सहवाग, तिलकरत्ने दिलशान, ब्रेट ली, ज्याक कालिस, शिवनारायण चन्द्रपाउल जस्ता खेलाडी टी-२० क्रिकेट प्रतियोगिता खेल्ने भएका हुन् ।

आगामी फेब्रुअरी २ देखि १६ सम्म मुम्बईमा आयोजना हुने एक च्यारिटी टी-२० प्रतियोगितामा यी चर्चित हस्तीहरु मैदानमा आउने भएका हुन् ।

सडक सुरक्षा सम्बन्धि जागरुकता फैलाउने यो प्रतियोगिताको आयोजना गरिएको आयोजकले जानकारी गराएका छन् ।

पाँच देशका पाँच टिम सहभागी हुने यस प्रतियोगितामा इन्डिया लिजेण्डस, अस्ट्रेलिया लिजेण्डस, दक्षिण अफ्रीका लिजेण्डस, श्रीलंका लिजेण्डस र वेस्टइण्डिज लिजेण्डस गरी पाँच टिम खेल्ने छन् ।

यस प्रतियोगितामा रिटायर्ड कुल ११० खेलाडी सहभागी हुने र यस प्रतियोगितालाई महाराष्ट्र सरकारको रोड सेफ्टी युनिटले आयोजना गर्न लागेको छ । खेलाडीको भुक्तानी सम्बन्धित फ़्रेन्चाइजीले बेहोर्ने बताइएको छ ।

यसै प्रतियोगिताबाट सन् २०१३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका सचिन तेन्दुलकर खेलाडीको रुपमा फेरी मैदानमा आउने भएका हुन् ।  
                    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै