• २०८१ बैशाख ८ शनिबार

मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सीईओसहित पाँचजना पक्राउ

kharibot

काठमाडौँ । पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा अस्पतालका सीईओ र एकजना चिकित्सकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अस्पतालका सीईओ बिपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमार भट्टराई, चिकित्सक डा. राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले र मिर्गौला ग्रहण गर्ने बिरामी शंकरलाल लामालाई पक्राउ गरेको हो ।

उनीहरुलाई मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धानका लागि हिरासतमा लिइएको ब्यूरोले बताएको छ । ब्युरोका अनुसार मिर्गौला ग्रहण गरेका बिरामी शंकरलाल लामाले नै काभ्रे स्थायी घर भएका एक व्यक्तिलाई नक्कली नाता लगाई मिर्गौला प्रत्यारोण गर्नका लागि कागजपत्र तयार पारेको देखिएको छ ।

यस्तै पीडितको खातामा तीन लाख रकम हालिएको समेत पुष्टि भएको ब्युरोले जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै