• २०८१ बैशाख १३ बिहीबार

नेकपा सांसद गुरुङलाई पक्राउ पुर्जी जारी 

kharibot

सांसद पार्वत गुरुङ ।

दोलखा । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद पार्वत गुरुङलाई पक्राउ पूर्जी जारी भएको छ ।

ज्यान मार्ने मुद्दामा दोलखाका सांसद गुरुङलाई जिल्ला अदालत काठमाडौंको आदेशमा प्रहरीले पक्राउ पूर्जीको म्याद तामेल गरेको हो ।

स्थानीय निर्वाचनको बेला वीरध्वज खड्कामाथी आक्रमण भएपछि खड्काले गुरुङविरुद्ध जाहेरी दिएका थिए ।

२९ वैशाख ०७६ मा काठमाडौँ जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो । १२ भदौ ०७६ मा काठमाडौँ जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखालाई गुरुङलाई अदालतमा उपस्थित गराउन पत्र पठाएको थियो ।

यसपछि जिल्ला प्रहरी कार्यालय दोलखाले इलाका प्रहरी कार्यालय सिंगटीलाई अदालतको पत्र पठायो । जिप्रकाले पठाएको पत्रपछि ८ असोजमा सांसद गुरुङलाई म्याद तामेल गरिएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै