• २०८१ बैशाख १३ बिहीबार

युएईका कप्तानसहित तीन खेलाडीलाई आइसीसीको प्रतिबन्ध

kharibot

फाइल तस्बीर

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले युएईका कप्तान मोहमद नावीदसहित तीन खेलाडीलाई प्रतिबन्ध लगाएको छ ।

आइसीसीले नवीदसहित क्वदीर अहमद खान र शैमान अनवर बटलाई तुरुन्तै देखि लागु हुने गरि खेल्नबाट प्रतिबन्ध लगाइएको जनाएको छ । आइसीसीले प्रतिबन्ध कति समयको लागि लगाएको भन्ने बारे केहि उल्लेख गरेको छैन ।

आइसीसीले उनीहरुलाई केहिदिन पछि हुनलागेको आइसीसी टी-२० विश्वकपको ग्लोबल क्वालिफायर खेललाई फिक्स गर्न खोजेको तथा प्रभाव पार्न खोजेको आरोप लागाएको छ ।

आइसीसीले खेलाडीहरुले आइसीसीको एन्टी करप्सन युनिटलाई आवश्यक जानकारी उपलब्ध समेत नगराएको आरोप लगाएको छ । युएईका कप्तान नावीदलाई यसका अलावा टी-१० लिगमा समेत संकास्पद गतिबिधि गरेको आरोप लगाएको छ ।
साथै क्व्दीर र शैमानलाई आइसीसीको करप्सन युनिटलाई सहयोग नगरेको, संकास्पद गतिबिधि गरेको आरोप लगाएको छ ।

युएईले टी-२० विश्वकपको ग्लोबल क्वालिफायरको आयोजना गर्दै छ । प्रतियोगिताको मुखैमा कप्तानसहित प्रमुख तीन खेलाडीलाई आइसीसीले प्रतिबन्ध लगाएपछि युएईलाई ठुलो झड्का लागेको छ । ग्लोबल क्वालिफायरमा युएईसहित १४ देशले भाग लिदै छन् । शुक्रबार देखि शुरु हुने प्रतियोगिताबाट ६ देश टी-२० विश्वकपमा छनौट हुने छन् । 

आइसीसीले तिनै जना खेलाडीलाई १४ दिन भित्र आफ्नो स्पष्टिकरण बुझाउन सक्ने बताएको छ ।      
       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै