• २०८१ बैशाख १२ बुधबार

एनआरएनएको कोषाध्यक्षमा सापकोटाको समर्थन महेशकुमार श्रेष्ठलाई

kharibot

कोषाध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ ।

काठमाडौ । गैरआवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए) को नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनका लागि कोषाध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठलाई अर्का प्रतिस्पर्धी सोम सापकोटाले समर्थन गरेका छन् ।

कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका डेनमार्क निवासी सोम सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता लिदै श्रेष्ठलाई समर्थन गरेका हुन् ।

मंगलबारदेखि शुरू भएको गैर आवासीय नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि आजै निर्वाचन हुदै छ ।

नयाँ नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा भएको छ र सहमति भएपछि फिर्ता हुने क्रम पनि जारी देखिन्छ । एनआरएनको नयाँ कार्यसमितिको लागि आजै मतदान हुने कार्यक्रम रहेको छ ।

विद्युतीय मेशीनबाट मतदान हुने हुनाले निर्वाचनको परिणाम आजै आउने निर्वाचन समितिले जानकारी दिएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै