• २०८१ बैशाख ८ शनिबार

एनआरएनएको मतदान स्थगित 

kharibot

काठमाडौँ ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको मतदान स्थगित भएको छ ।

भोटिङ मेसिनले काम नगरेपछि मतदान स्थगित भएको बताइएको छ । मतदान स्थगित भएपछि मतदान स्थल ह्यात होटलमा नाराबाजी भएको छ ।

एक जना मतदाताले मतदान गरेपछि मेसिन बिग्रिएको निर्वाचन कमिटीका सदस्यले जानकारी दिएका छन् । भोटिङ मेसिन बनाएपछि बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया पुन:सुरु हुने उनले बताए ।

एनआरएनएको अध्यक्ष पदमा कुमार पन्त र कुल आचार्य आ-आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

महाधिवेशनमा ४१ पदका लागि ७७ जनाले मनोनयन दर्ता गराएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै