टी-१० लिगको ड्राफ्टमा सन्दीपलाई कर्नाटका टुस्कर्सले किन्यो

खरीबोट

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने युएईमा हुने टी-१० लिगको तेस्रो संस्करणमा पनि कर्नाटका टुस्कर्सबाट खेल्ने भएका छन् ।

आज युएईमा भएको खेलाडी ड्राफ्टमा कर्नाटकाले सन्दीप ए क्याटेगरीमा किनेको हो । ए क्याटेगरीमा खेलाडीको पारिश्रमिक ४५ हजार अमेरिकी डलर रहेको छ ।

सन्दीपले अघिल्लो बर्षको दोस्रो संस्करणमा केरला नाइट्सबाट खेल्दै ६ खेलमा ६ विकेट लिएका थिए । गत बर्ष सन्दीपको टिम समुह चरणबाटै बाहिरिएको थियो ।

यस बर्षको प्रतियोगिता नोभेम्बर १४ देखि २४ सम्म आबुधाबीको जायेद क्रिकेट स्टेडियममा हुदै छ ।

यस बर्ष कर्नाटक टुस्कर्ससहित दिल्ली बुल्स, डेकन ग्लाडीयटर्स, नार्थर्न वारियर्स, बंगला टाइगर्स, मराठा अरबियन्स र कवालंदर्स गरी सात टिम खेल्दै छन् ।          
     
 

सम्बन्धित समाचार

पारस र सन्दीपको टिम टी-१० लिगको प्लेअफमा पुग्न असफल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी पारस खड्का र सन्दीप लामिछाने दुवैका टिम जारी टी-१० लिगको लिग चरणबाट बाहिरिएका छन् । युएईमा जारी टी-१० क्रिकेट लिगको सुपर लिग अन्तर्गत पारसको टीम

टी-१० लिगमा आज पारस र सन्दीप आमने सामने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी पारस खड्का र सन्दीप लामिछाने आज एक अर्काविरुद्ध खेल्दै छन् । युएईमा जारी टी-१० क्रिकेट लिगको सुपर लिग अन्तर्गत आजराती हुने खेलमा पारसको टीम आबु

टी-१० लिगमा क्रिस लीनको धमाका ! 

काठमाडौँ । जारी टी-१० लिगमा अस्ट्रेलियन ब्याट्सम्यान क्रिस लीनको आक्रामक ब्याटिंगको अहिले निकै चर्चा भएको छ । मराठा अरेबियन्सका कप्तानसमेत रहेका लीन आज जारी दिल्ली बुल्सविरुद्धको खेलमा ३३ बलमा ८९ रन

टी-१० लिग : पारसको टिम आबु धाबी विजयी

काठमाडौँ । आबु धाबीमा जारी टी-१० लिग अन्तर्गत टीम आबु धाबीले जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा टीम आबु धाबीले नर्दर्न वारियर्सलाई ६ विकेटले पराजित गरेको हो । नर्दर्न


z