चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय स्तरमा साख बढाएको छ : डा. भट्टराई

खरीबोट

फाइल तस्विर । 

गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको अन्तर्राष्ट्रिय स्तरमा साख बढाउन मद्दत पुर्याएको बताएका छन् ।
समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उनले गोरखा सदरमुकाममा बिहिबार आयोजित पत्रकार भेटघाटमा भने, “विश्वशक्ति राष्ट्र बन्ने दिशामा गएको छिमेकी देशका प्रमुख नेता आउँदा देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पुगेको छ, यो सकारात्मक र महत्वपूर्ण कुरा हो ।”

नेपालले  दुवै देशबीच सन्तुलन कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भने,  “हामी दुवै देशबीच समान सम्बन्ध राखेर अघि जान सकिन्छ भन्ने मान्यता राख्छौँ र  राष्ट्रपति सीको भर्खरै सम्पन्न भ्रमणले पनि यही सन्देश दिन्छ ।”

अर्को फरक प्रसङ्गमा डा. भटृराईले लोकतन्त्रका कारण पछिल्लो समय अपराध लुक्न नसकेको बताए । सांसद विभिन्न आपराधिक घटनामा संलग्न भएको भन्ने आरोपमा धमाधम पक्राउ पर्नु लोकतन्त्रको उपलब्धि भएको उनको भनाइ थियो । 

“साधारण नागरिक मात्र होइन गलत कार्य गर्ने जोसुकैलाई पनि कानून बमोजिम कारवाही हुन्छ भन्ने सन्देश गएको छ, यो अत्यन्तै सकारात्मक पाटो हो”, पूर्व प्रधानमन्त्री डा. भटृराइले भने । 
 

सम्बन्धित समाचार

डा. बाबुराम भट्टराईले भने – सरकारको इजार फुस्कियो

काठमाडौं । सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले भारतीय नयाँ नक्शाका बारेमा निकालेको विज्ञप्तीको बारेमा खरो टिप्पणी गरेका छन् । डा. भट्टराईले विज्ञप्तिमा

बाबुरामको प्रश्न - कमरेडहरू सामाजिक फासिवादतिर उन्मुख भएकै हुन् ?

काठमाडौं । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ज्ञानेन्द्र शाहीमाथि हिजो (शनिबार) चितवनमा भएको आक्रमणलाई लिएर सत्तारुढ दल नेकपाका नेता तथा कार्यकर्ताहरुलाई

संविधान संशोधन नगरेर ठूलो गल्ती हुदै छ - डा. बाबुराम भट्टराई

काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान संशोधन नगरेर ठूलो गल्ती गरिरहेको बताएका छन् । संघीय संसदको बजेट अधिवेशन समापनका क्रममा बिहीबार बोल्दै उनले

अधिकारका लागि दलित समुदाय एकीकृत हुनुपर्छ : डा. बाबुराम भट्टराई

काठमाडौँ । समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि दलित समुदायले एकीकृतरुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् । सङ्घीय समाजवादी शिल्पी महासङ्घ


z