• २०८१ बैशाख १४ शुक्रबार

विश्व प्रसिद्ध गढीमाई मेला समितिमा विवाद

kharibot

बारा । विश्व कै सर्वाधिक बलि चढ्ने बाराको गढीमाई मेलामा यति बेला बिवाद देखिएको छ । प्रत्येक पाँच पाँच वर्षमा लाग्ने गढीमाईको मेलाका विषयमा स्थानीय तह र गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिबीच बिवाद देखिएको हो । 

स्थानीय सरकार नहुँदा बनेको विकास समितिले स्थानीय तह बने पछि पनि आफ्नैं ढंङ्गले मेला तथा जात्रा सञ्चालन गर्न लागे पछि स्थानीय तहले हस्तक्षेप गरी मेला जात्रा सञ्चालन गर्न लागेको हो ।  

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बिपरीत गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले गढिमाई मेला लगाउँने निर्णय गरे पछि आँफुहरु विरोधमा उत्रनु परेको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले जानकारी दिए ।

नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी ऐन बमोजिम आँफुले मेला जात्राको व्यवस्थापन गर्ने जानकारी दिएको हो ।

पछिल्ला समय स्थानीय तह नहुँदा मेला व्यवस्थित गर्न गठित गैर सरकारी संस्थाले आज स्थानीय सरकारको निर्णय नमानी एक तर्फी रुपमा अघि बढेको भन्दै मेला नगरपालिकाले नैं सञ्चालन गर्ने नगर प्रमुख यादवले बताए ।

एउटा गैर सरकारी संस्थाको कार्यक्रममा उपस्थित भएर प्रदेश दुईका मुख्य मन्त्रि लालवावु गद्दिले विकास समितिको कार्यालय उदघाटन गर्दै मेला सञ्चालन गर्न निर्देशन दिएको भन्दै स्थानीय तहको काम कर्तव्य र अधिकार बारे बुझ्न समेत यादवले सुझाव दिए ।

मुख्य मन्त्री गद्दिले गएको मंगलवार मात्रै विकास समितिको कार्यालय उद्घाटन गर्दै मेला सञ्चालन गर्न समितिलाई निर्देशन दिएका थिए ।

स्थानीय तह सञ्चालन ऐन विपरित मुख्य मन्त्रीले नगरपालिकासँग कुँनै संमन्वय नैं नगरी एकलौटी ढंङ्गबाट अघि बढेको भन्दै नगरपालिका विरोधमा उत्रेको हो ।

नगरपालिकाले ऐन बमोजिम महागढीमाई राजपत्र प्रकाशन गरी नगर भित्र सञ्चालन हुँने जात्रा, मेला, महोत्सव लगायतलाई नगरले लगाउँने र सोको व्यवस्थापन समेत नगरले गर्ने उल्लेख गरेको छ ।

नगरपालिकाले प्रकाशित गरेको राजपत्रको परिच्छेद १ को दफा दुईमा ‘महागढीमाई नगरपालिका क्षेत्र भित्र प्रत्येक पाँच वर्षमा लाग्ने श्री गढीमाई जात्रामेला, काँटबासीमाई जात्रा मेला, महाविरी भण्डा जात्रामेला, रमनाकामना माई जात्रामेला, साउनी जात्रामेला, दुर्गा पुजा जात्रामेला, दहा तजेया तथा परम्परागत अन्य जात्रामेला महोत्सव र शोभा जात्रा सञ्चालन तथा व्यवस्थापनका लागि यो कार्य विधि लागु हुँने भनेर उल्लेख छ ।

मेला मंसिर एक देखि लाग्ने भए पनि बलि भने मंसिर १७, १८ र १९ गते चढ्ने मन्दिरका पुजारी मंगल चौधरीले जानकारी दिएका छन् ।

कुन समितिले कसरी मेला सञ्चालन गर्ने हो भन्ने विषयमा दुई पक्ष बिच बिवाद चुलिदा सरोकारवालाहरुमा चिन्ता बढेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै