• २०८१ बैशाख १३ बिहीबार

राष्ट्रपति सीको भ्रमण ऐतिहासिकरुपमा सफल : प्रवक्ता बास्कोटा 

kharibot

काठमाडौँ । सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले चिनियाँ राष्ट्रपति सी जीनपीङको भ्रमण सबै किसिमले सफल भएको बताएका छन् ।

सरकारका निर्णय सार्वजनिक गर्दै प्रवक्ता बास्कोटाले राष्ट्रपति सीको भ्रमण ऐतिहासिक रुपले सफल भएको दाबि गरेका छन् । यस भ्रमणले अब नेपाल अप्ठ्यारोमा छैन भन्ने संदेश दिएको बताएका छन् ।

भ्रमणका क्रममा रेल, विद्युत, संचारलगायत सबै विषयमा छलफल भएको भन्दै भ्रमणलाई मुल्यमा नाप्न नै नसकिने गरि सफल भएको बास्कोटाले बताएका छन् ।

चीनसँग विकास र समृद्धिका लागि मात्र रणनीतिक साझेदारी गरिएको बताउदै रणनीतिक साझेदारी सैनिक विषयमा नभएको बताए । यसलाई अन्य कुरासँग जोडीराख्न आवश्यक नभएको बताउदै प्रवक्ता बास्कोटाले सैनिक गठनबन्धनको बारेमा आफुहरुले सोच्दै नसोकेको बताए ।

राष्ट्रपति सीको भ्रमणपछि अन्य शक्ति राष्ट्रका प्रमुखहरुलाई पनि नेपालको भ्रमण गराउन सकिने भन्दै बास्कोटाले सरकारले गर्न लागेको सगरमाथा सम्मेलनमा समेत विश्वका बिभिन्न देशका प्रमुख आउने विश्वास व्यक्त गरे । सरकारको मूल नीति संसारका नेताहरुलाई नेपाल भ्रमण गराउने रहेको बताउदै मन्त्री बास्कोटाले यसले देशलाई विकासतर्फ डोर्याउन सहयोग गर्ने स्पष्ट पारे ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै