• २०८१ बैशाख १३ बिहीबार

एनआईसी एशिया बैंक र वर्ल्डलिङ्कबीच सहकार्यको सम्झौता 

kharibot

काठमाडौँ । एनआईसी एशिया बैंक र वर्ल्डलिङ्क कम्युनिकेसन्सबीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ । 

सो सम्झौता बमोजिम एन आई सी एशिया बैंकका ग्राहकहरुले २०७६ आश्विन ३० देखि २०७६ कार्तिक १६ गते (छठ पर्व) सम्म वर्ल्डलिङ्कको इन्टरनेट बिल, मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०% वा अधिकतम रु ३००/- सम्म क्यास ब्याक प्राप्त गर्न सकिने छ ।

साथै वल्र्डलिङ्कका ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वर्ल्डलिङ्कका कुनै पनि आउटलेट तथा शाखाहरुबाट इन्टरनेटको बिल सहज रुपमा भुक्तानी गर्न सकिने छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र वर्ल्ड लिङ्कको तर्फबाट वर्ल्डलिङ्कका प्रमुख वित्त अधिकृत संजय कुमार साहले हस्ताक्षर गरे । 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३७८ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै