नोबेल पुरस्कार विजेताले गरिब विद्यार्थीलाई पढाउने

खरीबोट

देहरादुन । नोबेल पुरस्कार विजेता भारतीय मुलका अमेरिकी अर्थशास्त्री अभिजीत वनर्जीले गरीब दुई विद्यार्थीलाई पढाउने प्रतिवद्धता जनाएका छन् । वनर्जीले जोगिवालामा गरिब दुई विद्यार्थीलाई विद्यालय शिक्षाका लागि सहयोग गर्ने बताएका हुन् । 

पुरस्कार छनोट समितिले उहाँलाई केही दिन अगाडि मात्रै अर्थशास्त्रतर्फको यस बर्षको नोबेल पुरस्कार दिने निर्णय भएको घोषणा गरेको थियो । 

विवेकानन्द विद्यालय देहरादुनका विद्यार्थीद्वय आर्यन थापा र अमान डोब्र्याललाई निःशुल्क छात्रवृत्तिको व्यवस्था उनहाँले गरेका हुन् । 

नोबेल पुरस्कार विजेता अर्थशास्त्री वनर्जीले गत तीन बर्ष अगाडि असामयीक निधन भएको आफ्नो छोराको नाममा स्थापना गरेको कवीर स्मृति छात्रवृत्ति उनीहरूलाई उपलब्ध गराउने बताए । 

शिक्षा आर्जनका लागि आफूहरूलाई सहयोग गर्ने घोषणा गरेकोमा नोबेल पुरस्कार विजेता बनर्जीलाई दुई विद्यार्थीले धन्यवाद व्यक्त गरेका छन् ।

पुरस्कार विजेता वनर्जी ती विद्यार्थीले पढ्दै आएको विवेकानन्द विद्यालयसँग लामो समयदेखि सम्वन्धित छन् । उनी त्यस विद्यालयको संस्थापक पनि हुन् ।
 

सम्बन्धित समाचार

नोबेल पुरस्कार विजेताले गरिब विद्यार्थीलाई पढाउने

देहरादुन । नोबेल पुरस्कार विजेता भारतीय मुलका अमेरिकी अर्थशास्त्री अभिजीत वनर्जीले गरीब दुई विद्यार्थीलाई पढाउने प्रतिवद्धता जनाएका छन् । वनर्जीले जोगिवालामा गरिब दुई विद्यार्थीलाई विद्यालय शिक्षाका लागि सहयोग गर्ने बताएका

दालले कसरी दिलायो अभिजीत र एस्टरलाई नोबेल पुरस्कार ?

काठमाडौँ । अभिजीत बेनर्जी, एस्टर ड्यूफ़्लो र माइकल क्रेमरलाई ग़रीबी मेटाउनको लागि गरेको प्रयासको करण यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको छ । योभन्दा पहिला अमर्त्य सेनलाई पनि गरीबी उन्मूलनको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा

स्टकहोम । यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अर्थशास्त्रीलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । नोबेल पुरस्कार छनौट समितिले भारतीय मुलका अर्थशास्त्री अभिजित बेनर्जी उनकी पत्नी एस्थर डफ्लो र

शान्तिका लागि नोबेल पुरस्कार इथोपियाका प्रधानमन्त्री अलीले जिते 

काठमाडौँ । शान्तिका लागि यस बर्षको नोबेल पुरस्कार इथोपियाका प्रधानमन्त्री अबी अहमद अलीले पाएका छन् । नर्बेजियन नोबेल पुरस्कार कमिटिले यस बर्ह्सको शान्तिका लागि नोबेल पुरस्कार अलीलाई दिने घोषणा गरेको हो


z