• २०८१ बैशाख ८ शनिबार

टी-२० विश्वकप छनोट आजदेखि, ६ स्थानका लागि १४ देश भिड्दै

kharibot

काठमाडौं । आजदेखि टी-२० विश्वकप छनोटको ग्लोबल क्वालिफायर प्रतियोगिता युएईमा सुरु हुँदैछ ।

विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा आयोजक यूएईसँगै १४ राष्ट्र रहेका छन् जसमा १४ देशलाई दुई समुहमा विभाजन गरिएको छ । 

समूह ‘ए’ मा स्कटल्यान्ड, बर्मुडा, केन्या, नामिविया, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र सिंगापुर रहेका छन् ।

त्यस्तै, समूह ‘बी’ मा आयोजक यूएईसँगै हङकङ, ओमान, आयरल्यान्ड, क्यानाडा, जर्सी र नाइजेरिया रहेका छन् ।

प्रतियोगिताको पहिलो दिन शुक्रबार चार खेल हुदैछन् । उद्घाटन खेलमा स्कटल्यान्डले सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, समूह ‘ए’ कै अर्को खेलमा नेदरल्यान्ड्सले केन्याको सामना गर्दैछ ।

समूह ‘बी’ को दुई खेलमा हङकङले टेष्ट नेशन आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दा आयोजक यूएईले ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल भने एशिया स्तरको खेलमा छनौट हुन् असफल भएको थियो । एशिया स्तरबाट सिंगापुर प्रथम हुदै ग्लोबल क्वालिफायरमा छनौट भएको थियो ।   

आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुँदैछ । विश्वकपका लागि १० टिमले यसअघि नै स्थान बनाइसकेका छन् भने यो विश्वकप छनोट प्रतियोगिताबाट ६ टिम गरी कुल १६ राष्ट्रले विश्वकप खेल्ने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै