• २०८१ बैशाख ८ शनिबार

दुई बर्षदेखि फरार हत्या आरोपित पक्राउ

kharibot

फाइल तस्विर । 

सप्तरी । सप्तरी सुरुङ्गा नगरपालिका–३ विषहरियाका १९ वर्षीय फुल्चनकुमार मण्डलको हत्याको आरोपमा प्रहरीले सोही ठाउँका दुई जनालाई बिहीबार पक्राउ गरेको छ ।

हत्यापछि फरार रहेका ४६ वर्षीय महेन्द्र सदा र २५ वर्षीय अनिल सदालाई २ वर्ष ४ महीनापछि पक्राउ गरी अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

मृतककी आमा हन्सीदेवी मण्डल खत्वेको उजुरीका आधारमा उनीहरुलाई घरबाटै पक्राउ गरिएको हो । अन्य आरोपित सोही ठाउँका ४४ वर्षीय जोगेन्द्र सदा, २४ वर्षीय अर्जुन सदा, २३ वर्षीय प्रदीप सदा र २२ वर्षीय अजित सदा फरार छन् ।

आरोपित माथि सुनियोजित तरिकाले २०७४ असार ७ गते रक्सीमा विषादी मिसाएर खुवाई फुल्चनको हत्या गरेको आरोप छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै