मलेसियाबाट फर्किएर भेडापालन - एकै गोठबाट २० लाख आम्दानी

खरीबोट

बेनी । दशैँको अवसरमा भेडा र खसी बिक्री गरेर एक किसानले एकै महीनामा २० लाख बढी आम्दानी गरेका छन् ।

म्याग्दीको ऋखार क्षेत्रमा भेडापालन गरेका धवलागिरि गाउँपालिका–५ मल्कबाङका देवान (हिमबहादुर) छन्त्यालले १ सयको हाराहारीमा भेडा र खसी बिक्री गरेका थिए ।
व्यापारीले गोठमै पुगेर भेडा र खसी खरीद गरेको भेडापालक कृषक छन्त्यालले बताए । एकैपटक २० लाख बढीका भेडा र खसी बिक्री भएपछि आफू उत्साहित बनेको उनि बताउछन् ।

दशैँका अवसरमा भेडा र खसीको व्यापार गर्नका लागि मल्कबाङ, कुइनेमङ्गलले, चिमखोलालगायतका ठाउँबाट व्यवसायी गोठमै पुगेका उनले जानकारी दिए ।
गण्डकी प्रदेशमा रहेका ठूला भेडा फार्ममध्येमा पर्ने छन्त्यालको फार्ममा अझै ४ सय बढी भेडा छन् । तिहारलाई लक्षित गरी १ सय को सङ्ख्यामा भेडा र खसी बिक्री गर्ने तयारी गरेको उनको भनाइ छ ।

वैदेशिक रोजगारीका क्रममा मलेसियाबाट फर्किएर उनले ६० लाख लगानीमा भेडापालन शुरु गरेका थिए ।

अहिले कुईनेमङ्गलेको नयाँ वनमा रहेको भेडी गोठलाई मल्कबाङको मयाले हुँदै सिङ्कोस बगर लैजाने तयारी गरिएको उनले जानकारी दिए ।

हिउँदमा बेंसी झर्ने भेडीगोठ अहिले लेकमा छन् । छन्त्यालको भेडीगोठमा अहिले दुई जना गोठाला छन् । भेडीगोठको सुरक्षामा गोठालासँगै ‘भोटे कुकुर’ पनि राखिएका छन् ।
 

सम्बन्धित समाचार

मलेसियाबाट फर्किएर भेडापालन - एकै गोठबाट २० लाख आम्दानी

बेनी । दशैँको अवसरमा भेडा र खसी बिक्री गरेर एक किसानले एकै महीनामा २० लाख बढी आम्दानी गरेका छन् । म्याग्दीको ऋखार क्षेत्रमा भेडापालन गरेका धवलागिरि गाउँपालिका–५ मल्कबाङका देवान (हिमबहादुर) छन्त्यालले

लेखा अधिकृत भागेपछि बेनी नगरपालिकामा खैलाबैला

गलेश्वर । आर्थिक वर्षको अन्त्यमा सयौँ योजनाको भुक्तानी गर्नुपर्ने बेलामा बेनी नगरपालिकाका लेखा अधिकृत भागेपछि नगरपालिकामा खैलाबैला मच्चिएको छ । एउटा विद्यालयका प्रधानाध्यापकसँगको सामान्य विवादको विषयलाई लिएर नगरपालिकाका लेखा अधिकृत नारायणप्रसाद

जोखिममा बेनी बजार !

      बुधबार राती कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेको क्षेत्र । बाढीले नदी नियन्त्रणकालागि बनाइएको पक्की पर्खाल समेत बगाएपछि बेनी बजार जोखिममा परेको छ । तस्बिर : कमल खत्री, बेनी, रासस

बाढीले विद्यालय भवन बगायो, बेनी बजार कटानको जोखिममा

म्याग्दी। म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले विद्यालयको भवन बगाएको छ । रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माविको भवन बाढीले बगाएर क्षत्ती पुर्याएको हो ।  छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी


z