• २०८१ बैशाख ७ शुक्रबार

अमिताभ बच्चन अस्पताल भर्ना

kharibot

मुम्बई । बलिवुडका महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । भारतीय मिडियाहरुका अनुसार बच्चन लिभरको समस्यापछि अस्पताल भर्ना हुन् ।

अमिताभ बच्चनलाई गत मंगलबार राति २ बजे मुम्बईस्थित अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

अहिले उनलाई उनका परिवारका सदस्यले मात्र भेट गरिरहेको मिडिया रिपोर्टमा बताइएको छ ।

७७ बर्षिय बच्चन अहिले पनि निकै व्यस्त रहेका काम गरिरहेका छन् । फिल्मका अलवा बच्चनले चलाएको चर्चित टिभी शो कुन बनेगा करोडपति चलिरहेको छ ।

अमिताभ बच्चनको लिभरले ७५ प्रतिशत काम गर्न छोडेको उनले आफै यस अघि बताइसकेका छन् । उनको सन् १९८२ को दुर्घटनाको उपचारको क्रममा रगत दिदा हेपाटाइटिस बि भाइरसको सङ्क्रमणमा आएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै