• २०८१ बैशाख ८ शनिबार

टी-२० विश्वकप छनोटमा स्कटल्याण्डमाथि सिंगापुरको सनसनीपूर्ण जित  

kharibot

काठमाडौं । आजदेखि टी-२० विश्वकप छनोटको ग्लोबल क्वालिफायर प्रतियोगितामा सिंगापुरले विजयी शुरुवात गरेको छ ।

युएईमा आजदेखि शुरु भएको विश्वकप छनौट अन्तर्गतको समुह एको खेलमा सिंगापुरले स्कटल्याण्डमाथि सनसनीपूर्ण २ रनको जित हासिल गरेको छ ।

सिंगापुरले दिएको १६९ रनको लक्ष्य पछाएको स्कटल्याण्डले २० ओभरमा ओभरमा ९ विकेट गुमाउदै १६६ रन बनाएको थियो ।

सिंगापुरले अन्तिम ओभरमा ३ रन दिएर ३ विकेट लिएको थियो । सिंगापुरका बलर सेल्लाडोर विजयाकुमारले ३ विकेट लिएका थिए भने सिद्धान्त सिंह र अमजद महबुबले २-२ विकेट लिएका थिए । अमजद महबुबले अन्तिम ओभरमा २ विकेट लिएका थिए भने एक विकेट रन आउट गरेका थिए ।  

स्कटल्याण्डका लागि जर्ज मुन्सीले सर्वाधिक ४६ रन बनाए भने कप्तान कील कोएत्जरले ३८ रन बनाएका थिए । त्यस्तै कलुम म्याकलिओडले अविजित ४५ रन बनाएका थिए ।

यस अघि सिंगापुरले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ५१ रन बनाएका थिए । त्यस्तै मनप्रीत सिंहले २६ रन बनाए भने अरित्रा सिंहले ३२ रन बनाए भने जनक प्रकाशले २० रन बनाए ।

स्कटल्याण्डका बलर जोश डाभी र सफयान शरिफले २-२ विकेट लिएका थिए ।

विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा आयोजक यूएईसँगै १४ राष्ट्र रहेका छन् जसमा १४ देशलाई दुई समुहमा विभाजन गरिएको छ । 

समूह ‘ए’ मा स्कटल्यान्ड, बर्मुडा, केन्या, नामिविया, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र सिंगापुर रहेका छन् ।

त्यस्तै, समूह ‘बी’ मा आयोजक यूएईसँगै हङकङ, ओमान, आयरल्यान्ड, क्यानाडा, जर्सी र नाइजेरिया रहेका छन् ।

प्रतियोगिताको पहिलो दिन आज अझै तीन खेल हुने छन् । त्यस्तै, समूह ‘ए’ कै अर्को खेलमा नेदरल्यान्ड्सले केन्याको सामना गर्दैछ ।

समूह ‘बी’ को दुई खेलमा हङकङले टेष्ट नेशन आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दा आयोजक यूएईले ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।                
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै