• २०८१ बैशाख १३ बिहीबार

कस्तो होला पृथ्वीको फ्रिजर भनिने आर्कटिकमा एक वर्ष बिताउन !

kharibot

हाम्रो पृथ्वीको ध्रुवमा धेरै नै चिसो छ । तापक्रम सन्तुलित राख्न र मौसमको बदलाबमा दुवै उत्तरी ध्रुव र दक्षिणी ध्रुवको उत्तिकै भूमिका छ । तर जलवायु परिवर्तनका कारण ध्रुवमा जमेको बरफ पग्लिरहेको छ, वैज्ञानिक भन्छन् उत्तरी ध्रुवको बरफको सतह हरेक वर्ष घट्दै गैरहेको छ । 

सन् २०१६ सालमा उत्तरी ध्रुवको वरपर यानी आर्कटिकमा जमेको बरफको दायरा लगभग ४२ करोड वर्ग किलोमिटर थियो जुन १९७० को दशक पछि सबै भन्दा कम हो  ।  

आर्कटिकमा रहेको वरफको चादर पृथ्वीको वातावरण प्रकियामा महत्वपुर्ण भूमिका छ । जब यो विशाल सेतो हिउँको सतहमा घामको प्रकास पर्छ, तब त्यो रिफ्लेक्ट हुन्छ । मतलब यो बरफमा घामको किरण ठोकिएर फेरी आकाशमा फर्किन्छ, यसले पृथ्वीको तापक्रम नियन्त्रण गर्न मद्धत गर्छ । ध्रुवको चिसो हिउँले प्राकृतिक कुलरको रुपमा काम  गर्छ । ध्रुवको हिउँ पग्लिने गति वृद्धि भैरहेको छ र यो चिसो सतह कम हुदै गइरहेको छ । जलवायु परिवर्तनले घामको ताप धेरै छ र ध्रुव वरपरको ठुला समुन्द्रहरु तिब्र गतिमा  वाष्पीकरण भइरहेको छ ।

समुन्द्रको तापक्रम बढिरहेको कारण पानीको सतहमा वृद्धि भएको हो , त्यसैले पनि आर्कटिकको बरफ पघलिने क्रम बढ्दो छ । विभिन्न टेकनोलोज़ी र स्याटलाइट बनाउदा पनि उत्तरी ध्रुवको वैज्ञानिकहरु त्यहाँको रहस्य पत्ता लगाउन सकेका छैनन् । मनिहरुलाई त्यस चिसो ध्रुवको महत्व र यसले वातावरणमा गर्ने योगदानको बारेमा थाहा छैन । एक त आर्कटिक निकै ठुलो छ र अर्को ध्रुवसम्म जान त सकिन्छ तर त्यहाँ बसेर एक वर्षसम्म रिसर्च गर्न धेरै महँगो र जोखिमपूर्ण छ  । 

खतरनाक मिशन

धेरै देशका वैज्ञानिकहरुले आर्कटिक र उत्तरी ध्रुवको बारेमा खोज गर्न र त्यहाँको रहस्य पत्ता लगाउन नया मिसन सुरु गरेका छन् ।

त्यसको लागि जर्मनीमा पोलरस्टर्न नामको जहाज र यसको साथि बाटोमा हिउँ हटाउने आइस ब्रेकर जहाज अकादेमिक फेदेरोव उत्तरी ध्रुवको खातार्नाक चिसो मौसममा काम गर्नको लागि अघि बढेका छन् । 

पोलरस्टर्न हिउँमा काम गर्ने अहिले सममको सबै भन्दा ठुलो र बलियो जहाज हो । मेकर्सहरु को दावी छ कि यदि यो जहाज हिम्खंडमा ठोकियो भने पनि यसमा हल्का झटका पनि लाग्दैन साथै यसलाई केहिपनि हुदैन । 

पोलरस्टर्नको मतलब जर्मन भाषामा ध्रुवतारा हो र यो आर्कटिकको चिसो हिउँले भरिएको समुन्द्रमा एक वर्षको लागि जादै छ । त्यसै क्रममा उक्त जहाजमा सवार वैज्ञानिकहरु खोजि तथा परिक्षण गर्नेछन् । 

जहाज  अत्याधिक चिसो मौसममा जम्ने तथा आर्कटिकमा आउने आंधीको कारण हावाहुरीले जहाजलाई जता पनि लैजान सक्ने वैज्ञानिकहरुको तर्क छ । 

यो मिसन निकै खतरनाक छ र वैज्ञानिक जिरो भन्दा पनि धेरै कम डिग्री सेल्सियस तापक्रममा बसेर परिक्षण गर्नेछन् । 

पोलरस्टर्न जुन मिशनमा जादै छ, त्यसको नाम मल्टिडिसिपलिनरी ड्रिफ्टिंग अब्जरवेटरी अफ द स्टडी अफ आर्कटिक क्लाइमेट रहेको छ ।

जमिनभन्दा एक हजार किलोमिटर टाढा

यसको संक्षिप्त नाम मोजेक हो, जिसको खर्च करीब १६ करोड डॉलर रहेको छ । यदि जहाजमा राखेको संयंत्रको मुल्य यसमा जोड्ने हो भने, यो अर्बौ डलरको मिशन हुन आउछ, किनकि वैज्ञानिहरुले यसमध्य धेरै मशीन बनाउन पूरै जिन्दगी योगदान गरेका छन् । 

पोलरस्टर्नको मिशन पछिल्लो एक दशकदेखि तयार गरिएको हो । यसको सबै तलामा वैज्ञानिकहरु रहने-खाने र मशिन राख्ने  व्यवस्था गरिएको छ । 

यो मशीनले आर्कटिकमा पर्ने घामको रोशनी देखि त्यहाँ पिग्लिरहेको हिउँको बारेमा पत्ता लगाउने छ । परिक्षणमा आखिर आर्कटिकमा किन परिवर्तन भैरहेको छ र दुनियाको अरु ठाउँमा यसको कस्तो असर हुन्छ भन्ने तथ्यको खोजि हुने वैज्ञानिक बताउछन्। 

यो मिशनमा १९  देशको छ सयभन्दा बढि वैज्ञानिक शामिल छन् तिनी मध्य कति त पुरै वर्ष भरि आर्कटिकमा यस्तो ठाउँमा बस्छन् जहाँ नजिकको जमिन पनि एक हजार किलोमीटर पर हुन्छ र समय-समयमा विमानबाट रासन पुर्याउन पर्ने हुन्छ । 

कडा नियम कानुन

पुरै मिशनको सबभन्दा महत्वपूर्ण कुरा, जहाज रोक्ने ठाउँ, जहा जहाज एंकरको सहायताले बलियोसँग रोकेर राख्न पर्ने हुन्छ । यदि जहाजलाई बरफको कुनै हल्का टुक्रामा बाँधेर राखियो भने जहाज बगाएर लैजाने या पल्टिने डर हुन्छ र यस्तोमा महँगो उपकरण पानीले बगाएर लैजाने डर हुन्छ । 

जहाजमा खानपीनको टाइम टेबलको कडा नियम राखिएको छ र त्यहा पसलहरु पनि राखिएको छ, जसमा वैज्ञानिक आफ्नो दैनिक छोटो-छोटो आवश्यकताको सामान किन्न सक्छन् यो पसलहरु केवल १५ मिनेटको लागि मात्र खुला हुनेछ । 

बीबीसीका संवाददाता मार्था हेनरिक़्स यो मिशनमा वैज्ञानिकसँग उक्त जहाजमा एक हप्तासम्म हुने छन् । 

बीबीसी फ्युचरका लागि मार्था हेनरिक्सको रिपोर्ट   

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै