• २०८१ बैशाख ८ शनिबार

वुमन्स च्याम्पियन्स लिग : ललितपुरमाथि चितवनको फराकिलो जित 

kharibot

काठमाडौँ । क्वीन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा यहाँ जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत चितवन राइनोज वुमनले ललितपुर फाल्कोन्सलाई पराजित गरेको छ ।

आज सम्पन्न दोस्रो खेलमा चितवनले ललितपुरलाई ८९ रनले पराजित गरेको छ ।

चितवनले दिएको १३६ रनको लक्ष्य पछाएको ललितपुर १७.१ ओभरमा ४६ रन बनाउदा अल आउट भएको छ । ललितपुरका लागि कप्तान नेरी थापाले मात्र १७ रन बनाउदै दोहोरो अंकमा रन बनाएकी थिइन् ।

चितवनका बलर कविता गौतमले सर्वाधिक ३ विकेट लिएकी थिइन् भने ऋतु कनौडियाले २ विकेट लिएकी थिइन् । त्यस्तै रेखा रावल र सुमन खतिवडाले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर २० ओभरमा ३ विकेट गुमाएर १३५ रन बनाएको थियो । चितवनका लागि ऋतु कनौडियाले सर्वाधिक ५८ रन बनाएकी थिइन् । त्यस्तै प्यारी चौधरीले २२, काजल श्रेष्ठले १५ रन तथा इन्दु बर्माले १० रन बनाएकी थिइन् ।

यो जितपछि चितवनले लगातार दोस्रो जित हासिल गरेको छ भने ४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ । त्यस्तै ललितपुरले लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै