• २०८१ बैशाख ८ शनिबार

नेल्सन मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत

kharibot

सियोल । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छन् । 

गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीहरुसँग पहिलो भेटघाट गरेकी छन् । 

योनहाप समाचार समितिसँग कुरा गर्दै राजदूत जेनानीले आफूले दक्षिण कोरियामा सेवा गर्ने मौका पाएकामा खुशी लागेको बताउँदै दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन आफूले सक्दो कार्य गर्ने स्पष्ट गरीन ।

उनले चाँडै दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन समक्ष भेटघाट गर्ने छिन् । 

नेल्सन मण्डेला र विन्नी मण्डेलाकी जेठी छोरी जेनानी हाल ६० वर्ष पुगिसकेकी छन् ।

यसअघि उनले पाँच वर्षसम्म दक्षिण अफ्रिकाका लागि अर्जेन्टिनाको राजदूत र मरिससका लागि उच्चायुक्तको जिम्मेवारी सम्हालेकी छन् ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै