• २०८१ बैशाख ६ बिहीबार

उच्च अदालत पोखराका न्यायाधीश बर्खास्त

kharibot

काठमाडौँ । न्याय परिषद्को बैठकले उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई बर्खास्त गर्न सिफारिश गरेको छ ।

विहिबार बसेको परिषद्को बैठकले न्यायाधीश शाहीले पदीय आचरण विपरित काम गरेको भन्दै बर्खास्ती गर्ने निर्णय गरेको परिषद्का सूचना अधिकारी टेकनाथ गौतमले जानकारी दिए ।

परिषद्को अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले क्षेत्राधिकार बाहिरको मुद्दामा अन्तरिम आदेश दिएको भन्दै उच्च अदालत पोखराका न्यायाधीश त्रय जीवनहरि अधिकारी, रामचन्द्र यादव र शाहीमाथि छानविन गर्न परिषद्लाई निर्देशन दिएका थिए । परिषद्ले गत १३ साउनमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको थियो ।

न्यायाधीश शाहीलाई भने परिषद्ले लिखित स्पष्टिकरण मागेको थियो ।  उनको लिखित स्पष्टिकरणपछि बसेको परिषद् बैठकले बर्खास्ती गर्ने निर्णय गरेको हो ।

उनीहरुले निजी कम्पनीको अन्तःशुल्क विवाद मुद्दामा अन्तरिम आदेश दिँदा क्षेत्राधिकारबाहिर गएको भन्दै प्रधानन्यायाधीश जवराले परिषद्लाई छानविन गर्न अन्तरिम आदेश दिएका थिए । अनुसन्धानकै क्रममा न्यायाधीशद्वय अधिकारी र यादवले ‘तारेख खेपीरहन नसक्ने’ भन्दै प्रधानन्यायाधीश जवरालाई राजीनामा बुझाएका थिए । 

दुवैजनाको राजीनामा स्वीकृत भएसँगै परिषद्को बैठकले उनीहरुको उजुरी तामेलीमा राखेको थियो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै