• २०८१ बैशाख १३ बिहीबार

सरकारी कोष दुरुपयोगको अभियोगमा मुद्दा

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक धरमपानी गाविसमा क्रियाशील ग्रामीण विकास समाजका अध्यक्षसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार ग्रामीण विकास समाजका अध्यक्ष नरबहादुर गुरुङ र कोषाध्यक्ष कृष्णबहादुर गुरुङले ग्रामीण विद्युतीकरणका लागि प्राप्त भएको रु १९ लाख ४० हजार ९२६ बराबरको सरकारी अनुदान दुरुपयोग गरेको पाइएको छ ।

उनीहरुलाई बिगो असुल गरी कारवाहीको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै