• २०८१ बैशाख ७ शुक्रबार

पाल्पामा ट्रक दुर्घटना : एकको मृत्यु, छ घाइते

kharibot

पाल्पा । पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली बजारबाट नजिकै भएको ट्रक दुर्घटनामा एकको मृत्यु भएको छ ।

आज साँझ लु१ख ९२०२ नम्बर ट्रक दुर्घटनामा छ जना घाइते भएका छन् ।

गुल्मीबाट बुटबलका लागि जाँदै गरेको ट्रक दुर्घटना भई सडकबाट ४०० मिटर तल खसेको छ ।

घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाको टोली घटनास्थलतर्फ लागेको प्रहरीका जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै