• २०८१ बैशाख १४ शुक्रबार

निसमाथि पिएसजीको सहज जित, दुई खेलाडीले पाए रातो कार्ड

kharibot

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले निसमाथि जित हासिल गरेको छ ।

दुई खेलाडीले रातो कार्ड पाएपछि ९ खेलाडीमा सिमित भएको निसमाथि पिएसजीले ४-१ को जित हासिल गरेको हो ।

पिएसजीको जितमा एन्जल डि मारियाले दुई गोल गरेका थिए भने किलीयन एम्बाप्पे र माउरो इकार्डीले एक एक गोल गरेका थिए ।

निसका लागि इग्नाटिअस जनागोले एक गोल गरेका थिए । निसका विलान किप्रिएन र क्रिस्टोफ हेरेलेले रातो कार्ड पाएका थिए ।

यस खेलमा पिएसजीका लागि एम्बाप्पे इन्जुरीबाट ठिक भएर मैदानमा फर्किएर एक गोल र एक गोल असिस्ट गरेका थिए । नेइमार बिना खेलेको पिएसजीका लागि अर्का खेलाडी एडिसन कभानी टिममा रहेपनि खेलेका भने थिएनन् ।

जितपछि पिएसजीको १० खेलमा २४ अंक हासिल गर्दै शिर्ष स्थानमा कायम रहेको छ । त्यसै निस १० खेलमा १३ अंकसहित नवौ स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै