• २०८१ बैशाख ७ शुक्रबार

ओसासुनामाथि ग्रानडा विजयी, अंक तालिकामा बार्सिलोनालाई जित्यो

kharibot

काठमाडौँ । ला लिगा अन्तर्गत ग्रानडाले ओसासुनालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा ग्रानडाले ओसासुनाले १-० को जित हासिल गरेको छ ।

ग्रानडाको जितमा डोमीनगोस डुअर्टेले खेलको एक मात्र गोल गरेका थिए । खेलमा ओसासुनाका फ्रान मेरिडाले खेलको अन्तिम मिनेटमा रातो कार्ड पाएका थिए ।

जितपछि ग्रानडा ९ खेलमा १७ अंक हासिल गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै ओसासुनाको ९ खेलमा ११ अंक हासिल गरेको छ भने अंक तालिकामा ११औ स्थानमा रहेको छ ।

ला लिगामा रियल म्याड्रिड ८ खेलमा १८ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै बार्सिलोना ८ खेलमा १६ अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ भने एटलेटिको म्याड्रिड ८ खेलमा १५ अंकसहित चौथो स्थानमा रहेको छ ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै