सलमान खानको नयाँ फिल्म 'राधे' को घोषणा, इदमा रिलिज हुने

खरीबोट

मुम्बई । सलमान खानले आउदो बर्ष इदमा रिलिज गर्ने गरि नयाँ फिल्म राधेको घोषणा गरेका छन् ।

चर्चित निर्देशक संजयलिला भन्सालीसँगको फिल्म 'इन्शाअल्लाह' बन्द भएपछि सलमानले नयाँ फिल्मको घोषणा गरेका हुन् । इदमा सलमान खानको हरेक बर्ष फिल्म रिलिज भइरहेको बेला इन्शाअल्लाह बन्द भएपछि के हुन्छ भन्ने कौतुहलतालाई हटाउदै सलमानले नयाँ फिल्मको घोषणा गरेका हुन् ।

एक्सन प्याक हुने यो फिल्मलाई सलमानको चर्चित फिल्म वान्टेडको सिक्वेलको रुपमा हेरिएको छ । यस फिल्मलाई वान्टेड फिल्मका निर्देशक प्रभुदेवाले निर्देशन गर्ने भएका छन् । प्रभुदेवाले अहिले सलमान खानको फिल्म दबंग-३ को निर्देशन गरिरहेका छन् ।

अब डिसेम्बर २० मा दबंग -३ रिलिज हुने छ भने इदमा 'राधे' रिलिज हुने छ । यस फिल्मलाई सलमानकै भाई सोहेल खान र रील लाइफ प्रोडक्सनले सलमान खान फिल्म्ससँग मिलेर निर्माण गर्ने घोषणा गरिएको छ ।

फिल्मका अन्य कलाकारको बारेमा भने अझै घोषणा गरिएको छैन ।      
 

सम्बन्धित समाचार

सारा र कार्तिकको अफ्येर्समा अमृता भिलेन !

मुम्बई । बलिवुड अभिनेत्री सारा अली खानले बलिवुडमा डेभ्यु गरेको छोटो समयमा नै आफ्नो प्रभाव जमाउन सफल भएकी छन् । गत बर्ष केदारनाथबाट बलिवुडमा डेभ्यु गरेकी सारा फिल्मको कारण अहिले

मधुवालाको जीवनीमा फिल्म बन्ने

मुम्बई । बलिवुडकी सुन्दर अभिनेत्री मधुवालाको जीवनीमा फिल्म बन्ने भएको छ । मधुवालाको जीवनीमा बायोपिक फिल्म बनाउन चर्चित निर्देशक इम्तियाज अलीले अधिकार किनेका छन् । फरकशैलीका फिल्म बनाउन माहिर इम्तियाजले मधुवालाको

फिल्म सुर्यबंशीको सेटमा किन लडे अक्षयकुमार र रोहित शेट्टी ?

मुम्बई । बलिवुड अभिनेता अक्षयकुमार अहिले नयाँ फिल्म सुर्यबंशीको शुटिंगमा व्यस्त रहेका छन् । फिल्मलाई चर्चित निर्देशक रोहित शेट्टीले निर्देशन गरेका छन् । फिल्ममा अक्षयसँग अभिनेत्री कट्रिना कैफ मुख्य भूमिकामा

बलिवुडकी चर्चित गायिका लता मंगेशकर अस्पताल भर्ना

मुम्बई । बलिवुडकी चर्चित गायिका लता मंगेशकर अस्पताल भर्ना भएकी छन् । समाचार एजेन्सी पिटीआईका अनुसार गायिका मंगेशकरलाई स्वास फेर्न गाह्रो भएपछि मुम्बईस्थित ब्रीच क्यान्डी अस्पताल भर्ना गरिएको छ । उनलाई


z