• २०८१ बैशाख ८ शनिबार

सलमान खानको नयाँ फिल्म 'राधे' को घोषणा, इदमा रिलिज हुने

kharibot

मुम्बई । सलमान खानले आउदो बर्ष इदमा रिलिज गर्ने गरि नयाँ फिल्म राधेको घोषणा गरेका छन् ।

चर्चित निर्देशक संजयलिला भन्सालीसँगको फिल्म 'इन्शाअल्लाह' बन्द भएपछि सलमानले नयाँ फिल्मको घोषणा गरेका हुन् । इदमा सलमान खानको हरेक बर्ष फिल्म रिलिज भइरहेको बेला इन्शाअल्लाह बन्द भएपछि के हुन्छ भन्ने कौतुहलतालाई हटाउदै सलमानले नयाँ फिल्मको घोषणा गरेका हुन् ।

एक्सन प्याक हुने यो फिल्मलाई सलमानको चर्चित फिल्म वान्टेडको सिक्वेलको रुपमा हेरिएको छ । यस फिल्मलाई वान्टेड फिल्मका निर्देशक प्रभुदेवाले निर्देशन गर्ने भएका छन् । प्रभुदेवाले अहिले सलमान खानको फिल्म दबंग-३ को निर्देशन गरिरहेका छन् ।

अब डिसेम्बर २० मा दबंग -३ रिलिज हुने छ भने इदमा 'राधे' रिलिज हुने छ । यस फिल्मलाई सलमानकै भाई सोहेल खान र रील लाइफ प्रोडक्सनले सलमान खान फिल्म्ससँग मिलेर निर्माण गर्ने घोषणा गरिएको छ ।

फिल्मका अन्य कलाकारको बारेमा भने अझै घोषणा गरिएको छैन ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै