• २०८१ बैशाख ११ मंगलबार

डब्लुसीएल टी-२० मा पोखरामाथि चितवन विजयी

kharibot

काठमाडौँ । क्वीन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा यहाँ जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत चितवन राइनोज वुमनले पोखरा पल्टन वुमनलाई पराजित गरेको छ ।

पोखराले दिएको १२८ रनको लक्ष्य पछाएको चितवनले १८ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

पोखराको जितमा काजल श्रेष्ठले अर्धशतक बनाएकी थिइन् । काजलले ५१ रन बनाएकी थिइन् भने इन्दु बर्माले २४ रन बनाएकी थिइन् । त्यस्तै कन्चन श्रेष्ठले २९ बनाएकी थिइन् ।

पोखराकी अन्जली चन्दले २ विकेट लिएकी थिइन् भने सुष्मा श्रेष्ठले एक विकेट लिएकी थिइन् ।

यस अघि पोखराले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १२७ रन बनाएको थियो । पोखराका लागि कप्तान सिता राना मगरले अविजित ६५ रन बनाएकी थिइन् । त्यस्तै मंजु बोगटीले अविजित २४ रन बनाएकी थिइन् । त्यस्तै कविता कुँवरले १५ रन बनाएकी थिइन् ।

यो सँगै चितवनले लगातार तेस्रो जित हासिल गरेर ३ खेलमा ६ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै पोखरा पल्टन भने लगातार तेस्रो खेलमा पराजित भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै