• २०८१ बैशाख १२ बुधबार

डोटीमा बस दुर्घटनाः ११ यात्रु घाइते

kharibot

डोटी । जोरायल गाउँपालिका–२ गरुडमा आज बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख ८२३५ नं को बस दुर्घटनामा परेको हो । 

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । डडेल्धुराको अमरगढी नगरपालिकाका २५ वर्षीय बसका चालक सुरेन्द्र विष्ट, बैतडी पाटनका ३० वर्षीय नरेश चन्द, डडेल्धुरा भागेश्वरका २२ वर्षीय तारा जोशी र दाङ तुलसीपुरका १९ वर्षीया लक्ष्मी विकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय फलटुडेका प्रहरी निरीक्षक माधव विकले जानकारी दिए ।

उनीहरुलाई उपचारका लागि पद्मा अस्पताल अत्तरिया पुर्याइएको छ ।  दुर्घटनाको कारणबारे खुलेको छैन । बस सडकबाट झण्डै ५० मिटर तल खसेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै