बार्सिलोनाको जितमा 'एमएसजी' को गोल, लिगको शिर्ष स्थानमा पुग्यो

खरीबोट

काठमाडौँ । ला लिगा अन्तर्गत बार्सिलोनाले इबरलाई पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा बार्सिलोनाले इबरलाई उसकै घरेलु मैदानमा ३-० गोल अन्तरले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा 'एमएसजी' अर्थात मेसी, स्वरेज र ग्रीजम्यानले एक एक गोल गरेका छन् ।

एन्टोनी ग्रीजम्यानले खेलको १३औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले अगाडी रहेको बार्सिलोनाले दोस्रो हाफमा २ गोल थपेको थियो ।

दोस्रो हाफको ५८औ मिनेटमा लियोनेल मेसीले गोल गरेका थिए । मेसीलाई ग्रीजम्यानले असिष्ट गरेका थिए । त्यस्तै खेलको ६६औ मिनेटमा लुइस स्वरेजले मेसीको असिष्टमा गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर पारेका थिए ।

बार्सिलोना यो जितपछि ९ खेलमा १९ अंक हासिल गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । यद्यपी एक खेल कम खेलेको रियल म्याड्रिड ८ खेलमा १८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै इबरको भने ९ खेलमा ९ अंक रहेको छ ।

सम्बन्धित समाचार

इबरमाथि रियल म्याड्रिडको सहज जित, बेन्जामाले गरे दुई गोल

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले इबरलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियलले इबरलाई ४-० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जामाले दुई गोल गरेका

बार्सिलोनाको जितमा मेसीको कीर्तिमानी ह्याट्रिक

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले सेल्टा डि भिगोलाई पराजित गरेको छ । गएराती बार्सिलोनाको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले सेल्टालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लियोनेल मेसीले

रियल सोसियडाड ला लिगाको शिर्ष स्थानमा

काठमाडौँ । स्पेनिस ला लिगामा रियल सोसियडाड शिर्ष स्थानमा पुगेको छ । गएराती सम्पन्न खेलमा रियल सोसियडाड र लेगानेज १-१ गोलको बराबरी खेलेपछि रियल सोसियडाड शिर्ष स्थानमा पुगेको हो । रियलका लागि

ग्रानडालाई हराउदै रियल सोसियडाड ला लिगाको तेस्रो स्थानमा उक्लियो    

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल सोसियडाडले ग्रानडालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सोसियडाडले ग्रानडालाई २-१ गोल अन्तरले पराजित गरेको हो । सोसियडाडको जितमा पोर्टूले २ गोल गरेका थिए


z