काठमाडौँ । ला लिगा अन्तर्गत बार्सिलोनाले इबरलाई पराजित गरेको छ ।
शनिबार सम्पन्न खेलमा बार्सिलोनाले इबरलाई उसकै घरेलु मैदानमा ३-० गोल अन्तरले पराजित गरेको छ ।
बार्सिलोनाको जितमा 'एमएसजी' अर्थात मेसी, स्वरेज र ग्रीजम्यानले एक एक गोल गरेका छन् ।
एन्टोनी ग्रीजम्यानले खेलको १३औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १-० ले अगाडी रहेको बार्सिलोनाले दोस्रो हाफमा २ गोल थपेको थियो ।
दोस्रो हाफको ५८औ मिनेटमा लियोनेल मेसीले गोल गरेका थिए । मेसीलाई ग्रीजम्यानले असिष्ट गरेका थिए । त्यस्तै खेलको ६६औ मिनेटमा लुइस स्वरेजले मेसीको असिष्टमा गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर पारेका थिए ।
बार्सिलोना यो जितपछि ९ खेलमा १९ अंक हासिल गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । यद्यपी एक खेल कम खेलेको रियल म्याड्रिड ८ खेलमा १८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै इबरको भने ९ खेलमा ९ अंक रहेको छ ।