• २०८१ बैशाख ७ शुक्रबार

रियल म्याड्रिडको अप्रत्याशित हारपछि बार्सिलोना शिर्ष स्थानमा

kharibot

काठमाडौँ । ला लिगामा रियल म्याड्रिड पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिड रियल माल्लोर्कासँग १-० गोल अन्तरले पराजित भएको हो ।

माल्लोर्काको जितमा लागो जुनियरले खेलको एक मात्र गोल गरेका थिए । लागोले खेलको सातौ मिनेटमा गरेको गोल खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा खेलको ७४औ मिनेटमा रियल म्याड्रिडका अल्भारो ओड्रीओजोलाले रातो कार्ड पाएपछि रियल म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो ।

यस सिजनको ला लिगामा रियल म्याड्रिडको यो पहिलो हार हो । यस खेलमा इडेन हजार्ड, ग्यारेथ बेल, लुका मोड्रीच जस्ता खेलाडी खेलेका थिएनन् ।

रियल म्याड्रिडको हारपछि यसको सिधै फाइदा बार्सिलोनालाई भएको छ । रियल म्याड्रिड ९ खेलमा १८ अंकसहित लिगमा दोस्रो स्थानमा रहेको छ भने बार्सिलोनाले यस सिजनमा पहिलो पटक शिर्ष स्थानमा आफुलाई कायम राखेको छ । बार्सिलोनाको ९ खेलमा १९ अंक रहेको छ ।

त्यस्तै ग्रानडा ९ खेलमा १७ अंकसहित तेस्रो स्थानमा छ भने एटलेटिको म्याड्रिड पनि गएराती भलेन्सियासँग १-१ को बराबरी खेलेपछि ९ खेलमा १६ अंकसहित लिगको चौथो स्थानमा रहेको छ ।
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै