• २०८१ बैशाख १२ बुधबार

बराबरीमा रोकिएपछि बायर्न म्युनिख तेस्रो स्थानमा झर्यो 

kharibot

काठमाडौँ । जर्मनीको बुन्डेसलिगामा बायर्न म्युनिख बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा बायर्न अगसबर्गसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

अगसबर्गका लागि मारको रिचटरले खेलको पहिलो मिनेटमा नै गोल गरेका थिए भने दोस्रो गोल खेलको अन्तिम मिनेटमा अल्फ्रेओ फिनबोगासनले गरेका थिए ।

त्यस्तै बायर्नका लागि रोबेर्ट लेवानडोसकी र सेर्गी गनाब्रीले एक एक गोल गरेका थिए ।

यस खेलमा बायर्नका निकलस सुले घाइते भएका छन् । उनी खेलको १२ मिनेटमै घाइतेपछि मैदान छोडेका थिए ।

यो बराबरीपछि बायर्न अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ । बायर्नको ८ खेलमा १५ अंक भएको छ । लिफको शिर्ष स्थानमा मोन्चेन ग्लाडवाच रहेको छ भने वोल्सबर्ग दोस्रो स्थानमा रहेको छ । दुवैको ८-८ खेलमा १६-१६ अंक रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै